Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा तत्कालीन नासु घिमिरेविरुद्ध मुद्दा दायर

spot_img
spot_img

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई करोड १४ लाख ४६ हजार छ सय ५७बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भन्सार विभागका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

“घिमिरेले रु सात करोड ३९ लाख सम्पत्ति जोडेका छन्, जसमध्ये उनको वैध आम्दानी रु पाँच करोड २५ लाख मात्र हो, रु दुई करोड १४ लाख ४६ हजार छ सय ५२ गैरकानूनी आर्जन गरेको देखिन्छ”, अख्तियारद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । विसं २०५२ देखि २०७९ सालसम्म सरकारी सेवामा रहेका घिमिरेले गैरकानूनी आर्जन गरेको सम्पत्ति श्रीमती शारदा गौतमको नाममा राखेको देखिएको छ । घिमिरेले विमानस्थल भन्सार, राजस्व अनुसन्धान विभागलगायतका निकायमा बसेर राजस्व छल्ने र गैरकानूनी काम गरी सम्पत्ति कमाएको अख्तियारको भनाइ छ ।

अख्तियारले तत्कालीन नासु घिमिरेले जागिर अवधिभर विभिन्न कार्यालयमा बसी करोडौँ सम्पत्ति कमाएर श्रीमतीलगायत परिवारका विभिन्न व्यक्तिको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीमा लगानी, शेयर खरिद, जग्गा खरिदलगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धानपछि मुद्दा दायर गरेको हो । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...