Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

राम नाम मात्र हाेइर राम जस्ताे व्यवहार पनि गर्नु पर्याे : विधायक विहारी

spot_img
spot_img

वीरगंज । रामनवमीकाे अवसरमा भारत विहारकाे सेनवरिया सिधवलियामा लागेकाे मेलाकाे बिहिबार लउरीया विधान सभाका विधायक विनय विहारीले उद्घाटन गरेका छन् ।

एक भव्य कार्यक्रमका बिच मेलाकाे उद्घाटन गर्दै विधायक विहारीले राम नाम भनेर मात्र हाेइन राम जस्ताे व्यवहार गर्नु पर्ने वताएका छन् । विधायक विहारीले आफ्नाे आमा र बुवाकाे आदेश पाल्ना गरेका रामकाे जन्म आजकाे दिन भएकाेले हामीले विभिन्न किसिमले उत्सव मनाउने गरेकाे वताए ।

उनले भने “आजकाे छाेरा/छाेरी आमा बुवाकाे ओषधी समेत ल्याउन मान्दैनन् । त्यही भएर रामकाे नारा मात्र लगाएर केही फाइदा हुँदैन, राम जस्ताे व्यहार गर्नु पर्छ ।”

उद्घाटन कार्यक्रममा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहतालाई गाउँवासीले फुल माला र दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा सिकटा विधान सभाका विधायक दिलिप बर्माका छाेरा आयुष बर्मा, भेलाहीका पूर्व मुखिया भुवन पटेल, एमालेका नेता धामु शर्मा, जसपाका नेता तबरेज अहमद, पकहा मैनपुर ५ का पूर्व वडाध्यक्ष लेखन पटेल लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...