Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

राम नाम मात्र हाेइर राम जस्ताे व्यवहार पनि गर्नु पर्याे : विधायक विहारी

spot_img
spot_img

वीरगंज । रामनवमीकाे अवसरमा भारत विहारकाे सेनवरिया सिधवलियामा लागेकाे मेलाकाे बिहिबार लउरीया विधान सभाका विधायक विनय विहारीले उद्घाटन गरेका छन् ।

एक भव्य कार्यक्रमका बिच मेलाकाे उद्घाटन गर्दै विधायक विहारीले राम नाम भनेर मात्र हाेइन राम जस्ताे व्यवहार गर्नु पर्ने वताएका छन् । विधायक विहारीले आफ्नाे आमा र बुवाकाे आदेश पाल्ना गरेका रामकाे जन्म आजकाे दिन भएकाेले हामीले विभिन्न किसिमले उत्सव मनाउने गरेकाे वताए ।

उनले भने “आजकाे छाेरा/छाेरी आमा बुवाकाे ओषधी समेत ल्याउन मान्दैनन् । त्यही भएर रामकाे नारा मात्र लगाएर केही फाइदा हुँदैन, राम जस्ताे व्यहार गर्नु पर्छ ।”

उद्घाटन कार्यक्रममा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहतालाई गाउँवासीले फुल माला र दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा सिकटा विधान सभाका विधायक दिलिप बर्माका छाेरा आयुष बर्मा, भेलाहीका पूर्व मुखिया भुवन पटेल, एमालेका नेता धामु शर्मा, जसपाका नेता तबरेज अहमद, पकहा मैनपुर ५ का पूर्व वडाध्यक्ष लेखन पटेल लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...