Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ-१ र बारा-२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।

रास्वपाले चितवन-२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ। तनहुँ-१ मा डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ। 

त्यस्तै बारा-२ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।

तनहुँमा तीन जनाको नाम सिफारिस भए पनि पार्टीले यहाँ स्वर्णिम वाग्लेलाई र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको रास्वपा स्रोतले जनाएको छ।

पूर्व डिआइजी खरेल सुशासन पार्टी खोलेर गत निर्वाचनमा काठमाडौं-१ बाट उठेका थिए। यसपालि उनलाई रास्वपाले बारा-२ बाट उम्मेदवार बनाउन लागेको हो। 

रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न चैत १७ गते बिहान ११ बजेसम्मको समय दिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...