Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

रामनवमीमा वीरगंजमा गुन्जियाे जय श्रीरामकाे नारा

spot_img
spot_img

वीरगंज । रामनवमीकाे अवसरमा बिहिबार वीरगंजमा भव्य शाेभा यात्रा सम्पन्न भएकाे छ । कुर्मी सेवा सदन तथा कुर्मी सशक्तिकरण मंच पर्सा लगायतकाे संघ/संस्थाहरुकाे आयाेजना निस्केकाे शाेभा यात्रामा हिन्दु समाजका युवाहरुकाे उत्सापूर्ण  सहभागिता रहेकाे थियाे ।

शाेभा यात्रामा सहभागि अधिकांशले भगुवा बस्त्र लगाएका थिए । उनीहरु जय श्री राम लेखिएकाे झन्डा समेत हातमा लिएर सक्रिए सहभागिता जनाएका थिए । वीरगंज नगरकाे परिक्रममा गरेकाे शाेभा यात्राका सहभागिहरुले जय श्रीरामकाे नारा लगाएका थिए ।

डिजे बाजासहित वीरगंजकाे विभिन्न टाेलबाट निस्केकाे जुलुशहरु वीरगंज बजार क्षेत्र परिक्रममा गर्ने जय श्रीरामकाे नारा दिनभर गुन्जिरहयाे । रामनवमीकाे अवसरमा यस्ताे कार्यक्रम भएकाे याे पहिलाे भएकाे वताइएकाे छ । 

कुर्मी समाजकाे शाेभा यात्रामा प्रतिनिधि सभा सदस्य विना जयसवाल कुर्मी, प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी, नेकपा एमालेका नेता शिव पटेल, जनता समाजवादी पार्टीका नेता सुरेन्द्र कुर्मी, नेकपा एकीकृत समाजवादीका नेता मनाेज चाैधरी लगायतकाे विशेष सहभागिता रहेकाे थियाे ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...