Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

हिन्दू धर्म संरक्षणका लागि सामूहिक हनुमान चालीसाकाे पाठ

spot_img
spot_img

वीरगंज । हिन्दू धर्म संस्कृतिको संरक्षणका लागि वीरगञ्जका युवाहरुले चिया पसल अगाडि सामूहिक हनुमान चालीसाको पाठ गरेका छन् ।

वीरगञ्जको केन्द्रमा रहेको महावीरस्थान मन्दिर छेउमा रहेको चिया पसल अगाडि मंगलबार बिहान सनातन धर्म प्रति आस्था राख्ने युवाहरूले सामूहिक हनुमान चालीसाको पाठ गरेका हुन् ।

मंगलबार भगवान हनुमानको लागि विशेष दिन रहेको मान्यता छ । त्यसैकारण मंगलबार बिहान स्वेच्छाले मन्दिर दर्शन गर्न पुगेका युवाहरूको समूहले सामूहिक हनुमान चालीसाको पाठ गरेको युवा समाजसेवी एवम् मानवसेवा आश्रमका प्रतिनिधि देवेश गुप्ताले बताए । 

युवाहरुले अब प्रत्येक मंगलबार यसैगरी नै हनुमान चालिसाको पाठ गर्ने योजना पनि बनाएको गुप्ताले जानकारी गराए । उनले भने, ‘आफ्नो धर्मप्रति सबै जागरुक हुन् भन्ने हाम्रो मुख्य उदेश्य हो, त्यसैले एउटा नौलो प्रयास स्वरूप यसरी जम्मा भएर हनुमान चालिसाको पाठ गर्न सुरु गरेका छौँ ।’

सातामा केहि घण्टा आफ्ना धर्मका लागि खर्च गर्दै साथीभाइसँग भेटघाटको राम्रो माध्यम रहेको अनुभूती भइरहेको पाठमा सहभागी रिसभ राज अग्रवालले बताए ।

हनुमान चालीसा पाठ गर्ने समूहमा श्याम सर्राफ, रिसभ अग्रवाल, बिक्की सर्राफ, ओमकुमार झा, सौर्या सर्राफलगायत विभिन्न संघ संस्थाका युवाहरूको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...