Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

रोजगारी सुनिश्चितताको माग गर्दै आईसिपिका कर्मचारीहरु आन्दोलनमा

spot_img
spot_img

वीरगंज । वीरगंज स्थित एकीकृत सुरक्षा जाँच चौकी (आई.सि.पि.) का कर्मचारीहरु विभिन्न ३ बुंदे माग गर्दै आन्दोलनमा उत्रेका छन् । एकिकृत जाँच चौकी संचालनको जिम्मा कैलाश टर्मिनल्सले पाएपछि त्यहाँ कार्यरत कर्मचारीहरु बिचल्लीमा परेको भन्दै रोजगारी सुनिश्चितताको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रेका हुन् ।

नेपाल इन्टरमोडेल यातायात विकास समितिले आई.सि.पि. संचालन गर्दै आएकोमा हाल आएर नेपाल सरकारले कैलाश टर्मिनल्सलाई आई.सि.पि. संचालनको जिम्मा दिएपछि कर्मचारी खाईपाई गर्दै आएको सेवा सुविधा सहित रोजगारीको सुनिश्चितताको माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुका अनुसार नेपाल इन्टरमोडल यातायात विकास समितिबाट पाउँदै आएको प्रति वर्षको १ महिना बराबरको सेवा सुविधा उपलब्ध गराइनु पर्ने, ठेक्का लिएको कैलाश टर्मिनल्ससँग खाइपाई आएको तलब सहित रोजगारीको सुनिश्चिता गर्नुपर्ने र पहिलो चरणमा नै करार सम्झौता १ वर्षको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

समिति र टर्मिानल व्यवस्थापक कम्पनीबीच करार सम्झौता गर्दा अन्य शर्तहरु झै एकिकृत जाँच चौकी वीरगंजमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई रोजगारी सुरक्षाको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । आफूहरुको माग पुरा नभएसम्म काममा नफिर्किने यसबाट हुने क्षतिको जिम्मेवार स्वयम नेपाल सरकार नै हुने उनीहरुको भनाई छ । उनीहरुका अनुसार आईसिपी संचालनदेखि नै काम गर्दै आएकोले अब रोजगारी गुमे अलपत्र हुने चिन्ताले सताएको बताए ।

वीरगंज पथलैया औद्योगिक कोरिडोरको कच्चा पदार्थ पनि यही नाका हुँदै जाने गरेको कारण आन्दोलनले उद्योगहरु प्रभावित भएको छ, यसमा सम्बन्धित निकाय नै दोषी छ, छिटो भन्दा छिटो हाम्रो माग पुरा गरे अहिलेदेखि नै काममा फर्किने उनीहरुको भनाई छ । आन्दोलन गर्नु हाम्रो बाध्यता हो, सरकार हामी कर्मचारीहरुको भविष्यसँग खेलवाड गर्न खोजेकोले बाध्य भई काम कार्यवाही बन्द गरिएको छ, चाँडो भन्दा चाँडो माग पुरा भए काममा फर्किने उनीहरुको भनाई छ ।

आईसिपि संचालनदेखि नै यसलाई लक्ष्य बनाई काम गर्दै आएको र लक्ष्य भन्दा पनि बढि आम्दनी भएको अवस्थामा यस सँस्थाले हाम्रो भविष्य सुनिश्चित गर्न नसकेको कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाई छ । एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) संचालनका ५ कम्पनीले आशयपत्र दर्ता गराएका थिए । ति मध्ये कैलाश जेभीले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयामा आइसिपी सन्चालनको ठेक्का पाएको हो । जसमा ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत वित्तिय पक्ष रहेको छ ।

आइसिपीमा ३२ जना अस्थायी कर्मचारी, १० जना माली र १० स्वपरमा कार्यरत छन् । यसका साथै आइसिपीको आन्तरिक सुरक्षाको जिम्मेवारी गोर्खा सेक्युरिटीले हेर्दै आएको थियो । ‘लेबर’ को लागि दैनिक ज्यालादारीको रुपमा १ सय जनाको तिन वटा ठेक्केदारहरुको समूह काम गर्दै आएको छ । यहाँ कार्यरत अधिकांश कर्मचारीहरु स्थानीय रहेका छन । आइसिपीको जग्गा अधिग्रहणको समयमा आईसिपी सञ्चालनमा आएपछि स्थानीयलाई पहिलो प्राथमिकता दिने शर्तमा जग्गा अधिग्रहण गरिएको थियो ।

आइसिपी संचालनको जिम्मेवारी सरकारले ठेक्कामा दिएपछि त्यहाँ कार्यरत सबै कर्मचरीहरु बिच्चलीमा परेका हुन् । समितिको स्वामित्वमा वीरगन्ज र विराटनगरमा २ वटा आइसिपी, भैरहवा, काँकडभिट्टा, तातोपानी, चोभार र सिर्सियामा गरि ५ वटा सुक्खा बन्दरगाह रहेका छन् ।

आइसिपी वीरगन्ज र चोभार सुक्खा बन्दरगाह समितिले आफै संचालन गर्दै आएको थियो । तर अब आइसिपी ठेक्कामा लगेपछि चोभार सुक्खा बन्दरगाह मात्र समितिले संचालन गर्नेछ । चोभार सुक्खा बन्दरगाह पनि निकट भविष्यमै निजी क्षेत्रलाई संचालनको जिम्मा दिने गृहकार्य भइरहेको बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...