Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

भाटभटेनीमा शभारम्भकाे अवसरमा प्रदान गरिएको छुट यथावत

spot_img
spot_img

वीरगंज । मुलुककै ठूलो चेन सुपरस्टोर संचालन गरिरहेको भाटभटेनीको स्टोर मधेश प्रदेशको वीरगंजमा संचालनमा आएसंगै उत्साहजनक सहभागिता देखिएकाे छ । यहि चैत्र ९ गतेबाट संचालनमा आएसंगै वीरगंज तथा यस आसपासका शहरी एवम् ग्रामिण भेगका स्थानियहरुद्धारा भाटभटेनीको अवलोकन तथा आवश्यक समाग्री खरिदका लागि दिनहु भिड लाग्ने गरेको छ ।

वीरगंजको गण्डक बहुअरीमा संचालनमा आएको यो भाटभटेनीको २४ औं स्टोर हो । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गर्ने अभियान अनुरुपनै नेपालकै आर्थिकद्वार मानिएको वीरगंज शहरमा आफ्नो २४ औ स्टोर संचालनमा ल्याईएको भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए ।

भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको भन्दै अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै नभई स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई समेत विशेष प्राथमिकता दिने उनले बताए ।

वीरगंजमा स्टोर संचालनमा आएसंगै वीरगंजबासीले देखाउनुभएको मायाले आफु निकै उत्साही भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङको भनाई छ । “यो स्टोर वीरगंज वासीको हो हामी त निमित्त मात्र हौ, हमीले त माध्यम बनेर संचालनमा मात्र ल्याएका होै, यसलाई समग्र वीरगंजको सम्पत्तीको रुपमा ग्रहण गरी उद्घाटनकै दिनबाट बीरगंज वासीले दिनुभएको अपार मायाले हामीलाई अझ धेरै गर्ने हौसला पनि मिलेको छ”.. उनले भने ।

स्टोरले शुभारम्भका अवसरमा सम्पूर्ण समानमा १० प्रतिसत तथा ईलेक्ट्रोनिक्स समानमा २० प्रतिसत सम्म छुट प्रदान गरेको छ । भाटभटेनी स्टोरमा खरिदकर्तालाई शुभारम्भका अवसरमा प्रदान गरिएको बिषेश छुटको ब्यवस्था अर्को सुचना जारी नभए सम्मका लागि यथावत राखिएको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।

वीरगंज महानगरपालिका १४ गण्डक, बहुअरीमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा यो स्टोर निर्माण भएको हो । २ लाख ५० हजार स्क्वायर फिट सपिङ स्पेस रहेको यस स्टोर अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ सहित ७ तल्लाको रहेको छ । स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबैभन्दा ठूलो रहेको भाटभटेनीको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे...

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...