Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

काठमाडौं वल्ड स्कुलले वीरगंजमा शैक्षिक कार्यक्रम गर्दै

spot_img
spot_img

वीरगंज । काठमाडौं वल्ड स्कुलले मधेश प्रदेशको वीरगंजमा एक शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको छ । यही आउदो चैत्र १७ गते शुक्रबारका दिन साँझ ४ देखी वीरगंजको होटल लड्स दियालोमा कार्यक्रमको आयोजन गर्न लागेकाे हो ।

कार्यक्रममा स्कुलका चियरमेन इन्जिनियर डा. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले आफ्नो अनुभव आदान प्रदान गर्ने छन । ’वल्र्ड स्कुलको नेपाल टुर’ अन्तरगत यस अघि कोशी प्रदेशको धरान, बिर्तामोड़, इटहरी लगायतका स्थानहरुमा कार्यक्रम सम्पन्न गरेर अब मधेश प्रदेशको प्रमुख शहरहरुमा कार्यक्रम आयोजन हुन लागेको हो ।

कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विषयमा खुल्ला संवाद सँगै किन काठमाण्डौ वल्ड स्कुल बालबालिकालाई पढाउने भन्ने बारे जानकारी दिइने छ । मधेश प्रदेशलाई लक्षित गरेर बीरगंज, राजविराज लगायतका स्थानमा यो कार्यक्रमको आयोजन हुने आयाेजकले जनाएकाे छ ।

छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाई छात्र छात्रालाई उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरु संचालन गर्ने बारे विशेष जानकारी दिन कार्यक्रमको आयोजन गर्न लागिएकाे आयाेजक काठमाडाै‌ं वर्ड स्कुलले जनाएकाे छ ।

पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनु पर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाइ अगाडि बढाउदै आएको बारे स्कुलका चियरमेन इन्जिनियर डा. मिथिलेश कुमार झाले विशेष प्रस्तुति दिने बताइएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले...