Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

चिकेन स्टेशन अगाडि प्रदर्शन, सञ्चालकविरुद्ध नाराबाजी

spot_img
spot_img

वीरगंज । वीरगंजकाे लोहारपट्टी रोडमा अवस्थित चिकन स्टेशनको विरुद्धमा वीरगंजमा प्रदर्शन गरिएको छ । चिकेन स्टेशन नामक रेस्टुराँलाई वहिष्कार (बायकट) गर्ने अभियान अन्तर्गत आइतवार स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । 

रेस्टुराँले आफ्नो आधिकारीक फेसबूक पेजबाट आपत्तीजनक पोस्ट सेयर गरेपछि स्थानीय युवाहरुले प्रदर्शन गर्दै चिकन स्टेशनविरुद्ध नाराबाजी गरेका छन् । वीरगंजमा स्थानीय युवाले सामाजिक सञ्जाल मार्फत चिकेन स्टेशनका सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न र रेस्टुराँलाई बायकट गर्न अपिल पनि गरिरहेका छन् ।

चिकेन स्टेशन वीरगंजले इस्लाम धर्मावलम्बीको एक महिने पर्व रमदानको अवसरमा फेसबूक मार्फत ‘बीफ कबाब’ मा १० प्रतिशत छुटको विज्ञापन राखेको थियो । हिन्दू धर्ममा देवी मानिएको तथा नेपालको राष्ट्रिय जनावरसमेत रहेको गाईको मासु अर्थात बिफ विक्री भइरहेको रेस्टुराँले विज्ञापन राखेपछि युवाहरुले विरोधस्वरुप प्रदर्शन गर्दै बायकट अभियान चलाएका हुन् । 

रेस्टुराँले आफ्नो फेसबूक पेजबाट उक्त विज्ञापन हटाएर भूलवस राखिन गएको भन्दै माफी पनि मागिसकेको छ । तर विज्ञापनको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा युवाहरुले रेस्टुराँलाई बायकट गर्न र सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न माग गरिरहेका छन् । 

युवाहरुले रेस्टुराँको पोस्टलाई हिन्दू धर्ममाथि प्रहारको संज्ञा दिएका छन् । ‘हामीले आमा सम्मान दर्जा दिएको गौ माताको मासू विक्री गर्ने रेस्टुराँले भूलवस भनेर पन्छिन पाउँदैन’, सामाजिक सञ्जालमा स्थानीय युवा अमीत सर्राफले लेखेका छन्, ‘यो हाम्रो धर्ममाथि प्रहार हो । यसलाई सामान्य त्रुटी भनेर छोड्न मिल्दैन । रेस्टुराँको सञ्चालकहरुमाथि कडा कारवाही हुनुपर्छ । सबैले मिलेर चिकेन स्टेशनलाई बायकट गरौँ ।’

‘एउटै किचेनमा कुखुराको मासु र त्यहीँ किचेनमा गाइको मासु ?’ भन्दै सञ्चारकर्मी राजन रौनियारले प्रश्न गरेका छन्, ‘आज देखि चिकेन स्टेसनलाई मैले बहिस्कार गरेँ । चिकेन स्टेशन त्यहि भाडालाई प्रयोग गरि अन्य कुन–कुन पकवान बनाइ हिन्दूहरुलाई खुवाउने होला ?’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...