Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

‘स्वीट मार्ट’ फुडमा वाणिज्य कार्यालयको छड्के अनुगमन

spot_img
spot_img

वीरगंज । वाणिज्य कार्यालय पर्साले वीरगंजको आदर्शनगर स्थित स्वीट मार्ट फुड प्रा.लि.मा छड्के अनुगमन गरेको छ । वीरगंजका उद्योगी शंकर मित्तलले ठाकुराराम बहुमुखी क्याम्पस पछाडि संचलन गर्दै आएको स्वीट मार्ट फुड प्रा.लि.मा वाणिज्य कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा एवं गुण तथा खाद्य नियन्त्रण कार्यालय पर्साको संयुक्त टोलीले छड्के अनुगमन गरेको हो ।

च्वीङ्गम उत्पादन गर्ने उक्त उद्योगले म्याद सकिएको च्वीङ्गमलाई पुनः नयाँ मिति हालेर बजारमा पठाउने गरेको तथा च्वीङ्गममा अखाद्य वस्तु मिसावट गर्ने गरेका विशेष सूचनाको आधारमा वाणिज्य कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुरेश रेग्मीको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगले उत्पादन गर्ने च्वीङ्गम, चकलेटहरुको निरीक्षण गरेका थिए । साथै उद्योगले उद्योग संचालनका लागि लिएको कागजात एवं कच्चा पदार्थ आयात एवं निर्यातको कागजातहरु चेकजाँच गरिएको थियो ।

बलबालिकाहरुले खाने चकलेट एवं च्वीङ्गममा अखाद्य वस्तु मिसावट गर्नुका साथै मिति सकि सकिएको चकलेट, च्वीङ्गमलाई बजारबाट संकलन गरि पुनः रिप्याकिङ्ग गर्ने गरिएको उजुरीको आधारमा अनुगमन गरिएको वाणिज्य कार्यालय पर्साका निमित्त प्रमुख सुरेश रेग्मीले जानकारी दिए । 

उनले अनुगमनको क्रममा उद्योगले केही मापदण्डहरु पालना नगरेको पाइएको छ, उद्योग संचालन गर्दा बोर्ड प्रष्ट देखिने गरि झुण्ड्याउनु पर्ने, अनुमति पत्र प्रष्ट देखिने गरि राखिनुपर्ने जस्ता मापदण्डको पालना नगरेको पाइएको छ, त्यसलाई २४ घण्टा भित्र सच्याएर जानकारी गराउन आदेश दिइएको बताए । उनले उद्योगले म्याद सकेको च्वीङ्गम एवं चकलेट उद्योगमा फेला नपरेको जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...