Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । प्रत्येक बर्ष मार्च २० देखि २६ सम्म मनाइने ग्लोबल मनी सप्ताह यस बर्ष पनि मनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक मधेश प्रादेशिक कार्यालय वीरगंजले वित्तिय साक्षरता कार्यक्रमको अयोजना गरी ग्लोबल मनी सप्ताह मनाएको छ ।

कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई बैंक तथा वित्तिय सम्बन्धि जानकारीहरु गराइएको बैंक कर्मचारी राहुल कुमार ओझाले वताए ।

बैंकले आइतबार वीरगंज पब्लिक कलेजमा आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कलेजका १५० जना छात्र/छात्राहरुको सहभागिता रहेको कार्यक्रममा बैंकका कर्मचारी भोजराज काफले, रवि झा, अशोक कुमार यादव र आलोक रंजन कर्णले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको सहजिकरण बैंकका कर्मचारी संध्या सिंह र राहुल कुमार ओझाले गरेका थिए । ग्लोबल मनी सप्ताह २०१३ देखि निरन्तर मनाइदै आइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...