Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026

बारा २ मा पनि बैशाख १० गते नै उपनिर्वाचन हुने

spot_img
spot_img

वीरगंज । राष्ट्रपतिकाे निर्वाचन क्षेत्र नम्बर तनहुँ १ र उपराष्ट्रपतिकाे निर्वाचन क्षेत्र नम्बर बारा २ मा पनि बैशाख १० गते नै उपनिर्वाचन हुने भएकाे छ । निर्वाचन आयोगको साेमबार बसेकाे बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय गरेकाे हाे ।

निर्वाचन आयाेगले निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरेकाे छ ।

नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम २०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभई तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य रिक्त भएको र २०७९ चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा माननीय श्री रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित हुनुभई बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य रिक्त भएको हो ।

यसरी रिक्त हुन आएको प्रतिनिधि सभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा यस्तो पदपूर्ति आयोगले तोकेको मितिमा हुने उपनिर्वाचनबाट हुने व्यवस्था बमोजिम आयोगले उपनिर्वाचनको मिति र निर्वाचनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको आयाेगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम बमोजिम नै हुने व्यवस्था गरिएको छ । जसअनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयाेगले जनाएकाे छ ।

उक्त उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी गर्ने र आयोगको मिति २०७९ फागुन १ को निर्णय अनुसारको मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम, २०७९ बमोजिम प्रकाशित अन्तिम मतदाता नामावलीकै आधारमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन समेत सम्पन्न गर्ने निर्णय गरिएको निर्वाचन आयाेगले जारी गरेकाे प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

डीआईजी अधिकारीद्वारा जिल्ला प्रहरी पर्सा र प्रदेश प्रहरी कार्यालय वीरगंजकाे अनुगमन

वीरगंज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले पर्सास्थित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजको...

वीरगंजको चिल्ड्रेन पार्कभित्र सञ्चालित होटलमा महानगरको छापा, हुक्का र सुर्तीजन्य पदार्थ बरामद

वीरगंज । वीरगंज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र सञ्चालित एक होटलमा आकस्मिक अनुगमन गरी ठूलो परिमाणमा अवैध हुक्का तथा...

आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । पर्सा प्रहरीले आँप बिक्री गर्ने बहानामा लागुऔषध ब्राउन सुगर कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...