Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

प्रतिबन्धित लागु औषध सिरफ सहित बलजित यादव पक्राउ

spot_img
spot_img

वीरगंज । प्रतिबन्धित लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १५, भिष्वा निवासी २० बर्षिय बलजित यादवलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१६ शंकराचार्य गेटस्थित सडकखण्डमा शनिबार राति ९:३० बजेको समयमा भारत रक्सौलबाट वीरगंज तर्फ जादैगरेको वी.म.न.पा.१ ह १-०११८ नम्बरको ई-रिक्सा चेकजाँच गर्दा लागु औषध ओनरेक्स १०० एमएल लेखीएको सिरफ ५ कार्टुनमा १७८ बोतल फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त ई-रिक्सा चालक यादवले ई-रिक्साको सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध फेला परेपछि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । फेला परेकाे लागु औषध ओनरेक्स, ई-रिक्सा र ई-रिक्सा चालक यादव समेतलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

पक्राउ परेका यादवलाई लागु औषध सम्बन्धी कसुरमा आइतबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए ।          

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...

‘अर्नब’ चक्रवातको प्रभाव पर्न सक्ने भन्दै पर्सामा उच्च सतर्कता अपनाउन आग्रह

वीरगञ्ज । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय...

गोलबजारका तत्कालीन मेयर देवनाथ साहुसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाको हाटबजार ठेक्का प्रक्रियामा एक करोड ६०...