Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

प्रतिबन्धित लागु औषध सिरफ सहित बलजित यादव पक्राउ

spot_img
spot_img

वीरगंज । प्रतिबन्धित लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १५, भिष्वा निवासी २० बर्षिय बलजित यादवलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१६ शंकराचार्य गेटस्थित सडकखण्डमा शनिबार राति ९:३० बजेको समयमा भारत रक्सौलबाट वीरगंज तर्फ जादैगरेको वी.म.न.पा.१ ह १-०११८ नम्बरको ई-रिक्सा चेकजाँच गर्दा लागु औषध ओनरेक्स १०० एमएल लेखीएको सिरफ ५ कार्टुनमा १७८ बोतल फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त ई-रिक्सा चालक यादवले ई-रिक्साको सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध फेला परेपछि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । फेला परेकाे लागु औषध ओनरेक्स, ई-रिक्सा र ई-रिक्सा चालक यादव समेतलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

पक्राउ परेका यादवलाई लागु औषध सम्बन्धी कसुरमा आइतबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए ।          

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...