Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

विश्वकप लिग २ मा उत्कृष्ठ प्रदर्शन गरेका वीरगंजका २ खेलाडीलाई मोटरसाइकल पुरस्कारको घोषणा

spot_img
spot_img

वीरगंज । विश्वकप क्रिकेटमा देशलाई क्वालिफायर छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वीरगञ्जका २ जनालाई खेलाडीलाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पुरस्कारको घोषणा गर्नु भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै दुबैलाई पुरस्कार स्वरुप एक एक थान मोटरसाईकल प्रदान गर्ने बताउनुभएको हो ।

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिनुहुँदै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागि वीरगञ्जका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरबको विषय भएको पनि बताउनुभयो ।

उहाँले राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरुले वीरगञ्जका उर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको बताउनुभयो ।

‘खुशी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला बढाउन महानगरपालिकाको तर्फबाट यामाहा FZ-FI
मोटरसाईकल एक÷एक थान प्रदान गर्ने घोषणा गर्छु ।’ उहाँले भन्नुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...