Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

उपकार सेवाद्वारा सामुदायिक विद्यालयमा वाटर फिल्टर जडान

spot_img
spot_img

वीरगंज । उपकार सेवा नेपाल सामाजिक संस्थाले एक सामुदायिक विद्यालयमा चार थान वाटर फिल्टर जडान गरेकाे छ । उपकार संस्थाले बारा जिल्लाको गंजभवानीपुर स्थित रहेको श्री भोला माध्यमिक विद्यालयका चार थान वाटर फिल्टर जडान गराएको संस्थाकी अध्यक्ष पुजा सरावगीले जानकारी दिए ।

जडान गरिएको वाटर फिल्टर विद्यालय परिसरमा एक कार्यक्रम गरि विद्यालयका प्रधानाध्यापक रामाकान्त गुप्तालाई संस्थाकी अध्यक्ष सहितका पदाधिकारीहरुले हस्तान्तरण गरेका हुन । समाज बनाउन र भविष्यका कर्णधार तयार भइरहेको संस्थालाई आफूहरु सहयोग गर्न पाउदा निकै राम्रो लागि रहेको र आउने दिनहरूमा पनि यस्ता गतिविधि निरन्तर जारी राख्ने सरावगीले बताइन् ।

विद्यालय मै पुगेको सामाजिक संस्थाको टोलीलाई विद्यालयका प्रधानाध्यापक गुप्ताले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि चाहिने सहयोगका लागि आशावादी रहेको जानकारी गराए । हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष सरावगी, सज्जन अग्रवाल, हेमन्त सरार्फ, विनय गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...