Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे छ । गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरकाे आयाेजनामा आइतबारदेखि सुरु भएकाे प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे हाे ।

प्रतियाेगितामा सबैभन्दा बढी स्वर्णपदक श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीले जितेकाे छ । त्यसपछि दाेस्राे स्थानमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुर सिरा, तेस्राे स्थान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्ठी र चाैथाे स्थान श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय साेहपुर साेहरीले हासिल गरेकाे गाउँपालिकाले जनाएकाे छ ।

प्रथम भएका नेरा मावि मसिहानीले १६ स्वर्ण पदक, ५ रजत पदक र ३ कांस्य पदक जितेकाे छ । त्यसैगरी द्वितिय स्थान हासिल गरेका नेरा मावि जगरनाथपुर सिराले ३ स्वर्ण पदक, १३ रजत पदक र १० कांस्य पदक जितेका हुन् ।

त्यसैगरी तृतिय स्थान हासिल गरेकाे नेरा मावि सन्ठीले २ स्वर्ण पदक, ७ रजत पदक र १२ कांस्य पदक जितेका हुन् । 

गाउँपालिका अन्तर्गतका २२ वटा प्राथमिक, आधारभुत र माध्यमिक विद्यालय सहभागि रहेकाे प्रतियाेगितामा लामाे र छाेटाे दुरीकाे दाैड, कबडी, हाइ जम्प, लंग जम्प, जैभलिङ थ्राे, स्वर्टपुट खेल भएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए । 

प्रतियाेगिताकाे विजेताहरुलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मेडल वितरण गर्नुकाे साथै पुरस्कृत समेत गरेका थिए

शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादवकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगिता समापन्न समाराेहमा  वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, लेखापाल सन्देश कुशवाहा, बलिष्टर अहमद लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...