Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

प्रतियोगिताले दुबै देशको सम्बन्ध मजबुत बनाउँछ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंजकाे आदर्शनगर रंगशालामा आजदेखि नेपाल भारत मैत्री पुरुष महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाल भारत बीचको सम्बन्ध अझै प्रगाढ बनाउन खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । खेलमा हारजित सामान्य भएको भन्दै उनले अनुशासित भएर खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह पनि गरे ।

आउँदो चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका विभिन्न ९ वटा महिला पुरुष टिमको सहभागिता रहेको आयोजक पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष कुमार गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन भारतको झारखण्ड, राजस्थान, युपी र जम्मु कश्मीरको टिम वीरगंज आएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...