Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

भुटनदेवी मन्दिर नजिकको सार्वजनिक जग्गा कब्जा गरेको भन्दै महानगरलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । वीरगंज भुटनदेवी मन्दिर नजिकैको सार्वजनिक सम्पती कब्जा गरेको भन्दै स्थानीयले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवास्थित भुटनदेवी मन्दिर नजिकैको सार्वजनिक सम्पती कब्जा गरेको भन्दै त्याहाँका स्थानीयले कारबाही गर्न महानगर प्रमुख सिंहको ध्यानाकर्षण गराएका हुन् ।

भुटनदेवी मन्दिर नजिकैको एक सार्वजनिक जग्गालाई कब्रिस्थान बनाउने नाममा कब्जा गर्न खोजेको भन्दै स्थानीय अमन कलवारले आपत्ती जनाएका छन् । सोही जग्गामा राष्ट्रिय कृषि बजार बनाउने योजना रहेको हुँदा कानुनको उल्लङ्घन हुने गरी जग्गा कब्जा गर्नेलाई कारवाही गर्नुपर्ने स्थानीय राजन साहको भनाई छ ।

महानगरका प्रमुख सिंहले पनि सार्वजनिक जग्गाको अतिक्रमण हटाउने महानगरले अभियान थालेको र कसैले पनि सार्वजनिक सम्पती हड्प्न खोजे कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएका छन् ।

ज्ञापन पत्र बुझाउँन वीरगंज महानगरपालिकाकाे कार्यालयमा अमन कलवार, संदिप सिंह, राजन साह, आकाश पटेल, छोटु रौनियार, राहुल ठाकुर, सनि मुखीया, प्रितम कलवार, आकाश पटेल लगायत पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...