Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

तेली समाजकाे हाेली मिलन भव्य रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । तेली कल्याण समाज नेपाल, पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा हाेली मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ । रेडियाे वीरगंज परिसरमा भएकाे कार्यक्रममा सहभागिहरुले अबिरकाे टिका लगाएर हाेलीकाे शुभकामना अदानप्रदान गरेका थिए । 

कार्यक्रममा वाेल्ने वक्ताहरुले हाेली पर्वकाे माैलिकता हराउँदै गएकाे भन्दै चिन्ता व्यक्त गरेका थिए । खास गरि हाेली माैलिक परम्परामा अधारित रहेकाे तर यता केहि बर्ष देखि परम्परागत गित हराउँदै गएकाेले त्यसलाई संरक्षण गर्न जरुरी रहेकाे वक्ताहरुकाे भनाई थियाे ।

तेली समुदायका अगुवा, अग्रज र शुभेच्छुकहरुकाे उल्लेख्य उपस्थिती रहेकाे कार्यक्रममा गायक अनिल बर्माले बिजाेड प्रस्तुती राखेका थिए ।

समाज पर्साका अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा भएकाे कार्यक्रम तेली समाजका केन्द्रिय अध्यक्ष बिश्वनाथ साह, पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष सुबाेध गुप्ता, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राज पाल, संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र साह, नेकपा एमालेका नेता बलिराम साह लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन तेली समाज पर्साका सचिव बिरेन्द्र साहले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...