Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

हाेली मिलन कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । विभिन्न संस्थाकाे आयाेजनामा शुक्रबार वीरगंजमा हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । क्रियाशिल युवा पत्रकार म‌ंच एवम् राष्ट्रिय सराेकार मंचकाे आयाेजमा वीरगंजकाे रानिघाटमा हाेली मिलन समाराेह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा हाेलीकाे शुभकामना अदानप्रदान गर्नुकाे साथै गायक प्रकाश गिरीले सांगित प्रस्तुती राख्नु भएकाे क्रियाशिल युवा पत्रकार मंचका अध्यक्ष प्रणय साहले जानकारी दिए ।

राष्ट्रिय सराेकार मंचका अध्यक्ष नन्दकिशाेर गाेयलकाे अध्यक्षता र वीरग‌ंज उद्याेग वाणिज्य संघका अध्यक्ष सुबाेध गुप्ताकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चाैहान, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, रेडियाे वीरगंज एवम् टिभि वीरगंजका अध्यक्ष ध्रुव साह लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन क्रियाशिल युवा पत्रकार मंचका बिरेन्द्र साहले गरेका थिए ।

यसैगरी मानव सेवा आश्रम वीरगंजमा फगुवा के रंग कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल भाेजपुरी समाज वीरगंजकाे सहयाेग र मानव सेवा आश्रम वीरगंजकाे आयाेजना कार्यक्रम सम्पन्न भएकाे आश्रमका दिवेश गुप्ताले जानकारी दिए ।

यसैगरी पटेर्वा सुगाैली गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा पनि हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...