Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

स्व.वि.यु. निर्वाचनमा नेवि संघलाई जिताउन नेता सिंहलाई जिम्मेवारी

spot_img
spot_img

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्स वीरगंजकाे स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाल विद्यार्थी संघलाई जिताउन नेपाली कांग्रेस पर्साले समन्वय समिति गठन गरेको छ । कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जिल्ला सह सचिव नविन कुमार सिंहकाे संयाेजकत्वमा उक्त समिति गठन गरेका हुन् ।

सभापति क्षेत्रीले समन्वय समितिकाे सदस्यमा नेपाल तरुण दल पर्साका अध्यक्ष बिकास तिवारी, हरिन्द्र यादव, सुरेन्द्र लामिछाने, रामनिवास यादव, ने.वि.संघ इकाई अध्यक्ष मनोज कुमार साह, ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादवलाई मनोयन गरेका छन् ।

नेवि संघलाई विजयी बनाउन आवश्यक सबै कार्य सम्पादनकाे लागि सिंहकाे संयाेजकत्वमा गठित समितिलाई जिम्मेवारी समेत दिइएकाे छ ।

त्रिभुवन विश्व बिधालय अन्तर्गत रहेको ठा.रा‍.ब. क्याम्पसमा स्व.वि.यू. को निर्वाचन चैत ५ गते घोषणा भए बामोजिम नेपाली कांग्रेस अन्तर्गत रहेको भातृ संगठन ने.वि. संघलाई विजयी बनाउन कांग्रेस पर्साले पार्टी निकटका विभिन्न संगठनका नेताहरुलाई जिम्मेवारी दिएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...