Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

स्व.वि.यु. निर्वाचनमा नेवि संघलाई जिताउन नेता सिंहलाई जिम्मेवारी

spot_img
spot_img

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्स वीरगंजकाे स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाल विद्यार्थी संघलाई जिताउन नेपाली कांग्रेस पर्साले समन्वय समिति गठन गरेको छ । कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जिल्ला सह सचिव नविन कुमार सिंहकाे संयाेजकत्वमा उक्त समिति गठन गरेका हुन् ।

सभापति क्षेत्रीले समन्वय समितिकाे सदस्यमा नेपाल तरुण दल पर्साका अध्यक्ष बिकास तिवारी, हरिन्द्र यादव, सुरेन्द्र लामिछाने, रामनिवास यादव, ने.वि.संघ इकाई अध्यक्ष मनोज कुमार साह, ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादवलाई मनोयन गरेका छन् ।

नेवि संघलाई विजयी बनाउन आवश्यक सबै कार्य सम्पादनकाे लागि सिंहकाे संयाेजकत्वमा गठित समितिलाई जिम्मेवारी समेत दिइएकाे छ ।

त्रिभुवन विश्व बिधालय अन्तर्गत रहेको ठा.रा‍.ब. क्याम्पसमा स्व.वि.यू. को निर्वाचन चैत ५ गते घोषणा भए बामोजिम नेपाली कांग्रेस अन्तर्गत रहेको भातृ संगठन ने.वि. संघलाई विजयी बनाउन कांग्रेस पर्साले पार्टी निकटका विभिन्न संगठनका नेताहरुलाई जिम्मेवारी दिएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...