Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

विद्यालयलाई पंखा सहयाेग

spot_img
spot_img

वीरगंज । उपकार सेवा नेपालले एक विद्यालयलाई पंखा सहयोग गरेकाे छ । संस्थाले वीरगंज महानगरपालिकाकाे वडा नम्बर १० आदर्शनगर स्थित रहेको बालमंदिर आधारभुत विद्यालयलाई १० थान पंखा सहयाेग गरेकाे हाे ।

विद्यालयमा मै पुगी एक कार्यक्रमकाे बिच विद्यालयलाई पंखा हस्तान्तरण गरिएकाे संस्थाकी अध्यक्ष बिध्या सरावगीले जानकारी दिइन । आउँदै गरेको गर्मीका कारण पठनपाठनमा बालबालिकालाई कुनै किसिमको समस्या नहोस् भन्ने उदेश्यका साथ विद्यालयकाे कक्षा कोठामा जाड़ान गर्नका लागि १० थान सिलिगं पंखा सहयाेग गरिएकाे अध्यक्ष सरावगीले वताइन ।

अध्यक्ष सरावगीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश प्रसाद अग्रवाल र प्रधानाध्यापक चन्देश चौहानलाई पंखा हस्तान्तरण गरेकी थिइन । विद्यालय परिसरमा गरिएको सो हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सज्जन अग्रवाल, सुमन बगरिया, समाजिक अभियन्ता प्रकाश थारु लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...