Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

सूर्य ज्योती लाइफ इन्स्योरेन्सद्वारा रु १० लाखकाे मृत्यु दाबी भुक्तानी

spot_img
spot_img

परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा शनिबार सूर्य ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीरगंज शाखाले मृत्यु दाबी भुक्तानी मार्फत १० लाख रुपैयाँ वितरण गरेको छ ।

वडा नं ५ बहुअरी निवासी राम आशिष दासले ५ महिना अगाडि पाँच लाखको जीवन बीमा गराएका थिए । आफ्ना सन्तान र परिवारको भविष्यको लागि बीमा गरेका उनलाई पछि प्राण घातकको रूपमा क्यान्सर रोग लाग्यो । रोग लागिसकेपछि उनलाई औषधि उपचारको लागि बीमा कंपनीले शुरुमा ५ लाख रुपैयाँ प्रदान गरेको थियो । तर धेरै कोसिसका बाउजुद पनि उनी बाँच्न सकेनन ।

यो कुराको जानकारी पाइसकेपछि बीमा कंपनीका स्टार एजेन्सी म्यानेजर उमेश साह कानुको अथक प्रयासले समयमै विमितले पाउनु पर्ने बाँकी पैसाको निकासागरी शनिबार स्वर्गीय राम असिश दासका श्रीमती सुमिन्त्रा देवीलाई रु १० लाखको चेक दिएर रकम भुक्तानी गरिएको विमा कम्पनीले जनाएकाे छ ।

पैसा पाइसकेपछि राम आशिषका बुवा सीता राम दासले सूर्य ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सम्पूर्ण टिमलाई धन्यवाद दिए । साथै उनले आज घरमै आएर कम्पनीले पैसा दिएकोमा यो पैसाले आफ्ना नाति नातिनीहरुको पालन पोषण र शिक्षामा लगानी गर्ने बताए ।

जीवनबीमा सबैको लागि अतिनै आवश्यक र आफ्नो परिवारको भबिश्य जोडीएको हुनाले सबैले समयमा नै बीमा गर्नु पर्ने युवा नेता तथा समाजसेवी सञ्जु साहले बताए । कम्पनीले स्वास्थ्य बीमा, दुर्घटना बीमा, जीवन बीमा लगायतका विषयमा सेवा दिदै आएको छ ।

सो अवसरमा बीमा कंपनीका क्षत्रिय प्रबंधक परमेश्वर साह, वीरगंज शाखाका प्रमुख प्रमोद चौधरी, मार्केटिङ म्यानेजर अरविन्द कुमार साह, जयप्रकाश पटेल, सरोज यादव, ओमप्रकाश कुमार कलवार, वडाध्यक्ष रामेश्वर साह कलवार, स्वच्छ समाज युवा क्लबका प्रमोद यादव, सन्दिप यादव, वडा सदस्य उमेश साह लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम स्टार एजेन्सी म्यानेजर उमेश साह कानुको अध्यक्षमा सम्पन्न भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...