Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कर्मचारी प्रिमियर लिगकाे उपाधि पकहा मैनपुरले जित्याे

spot_img
spot_img

वीरगंज । सकेसेस लोकसेवा इन्स्टिच्युट वीरगंजकाे आयाेजनामा भएकाे “कर्मचारी प्रिमियर लिग क्रिकेट २०७९” काे उपाधि पकहा मैनपुर गाउँपालिकाले जितेकाे छ ।

बाराको प्रसौनी खेल मैदानमा शनिबार भएकाे क्रिकेट प्रतियाेगिताकाे फाइनल खेलमा कालिकामाई गाउँपालिकालाई दुई विकेटले हराउँदै पकहा मैनपुर विजयी भएकाे हाे । विजयी टिमलाई संघीय सरकारकाे कृषि मन्त्री ज्वाला साहले पुस्कृत गरेका थिए ।

 त्यसैगरी उप विजेता कालिकामाईलाई कलैया उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले पुरस्कृत गरे ।

आयाेजक संस्थाका नरेश सर्राफकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रम नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह, कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरी, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतियोगिताको प्रायोजक जगदम्बा सिमेन्ट, सर्वोत्तम स्टिल र नेपाल मेडिसिटी वयोधा रहेका थिए ।

यस अघि शनिबार नै प्रतियाेगिताकाे सेमिफाइनल खेल भएकाे थियाे । राष्ट्रिय वाणिज्य बैंकलाई हराउँदै कालिकामाई र जगरनाथपुर गाउँपालिकालाई हराउँदै पकहा मैनपुर फाइनलमा पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...