Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कर्मचारी प्रिमियरकाे सेमिफाइनलमा एक बैंक र ३ गाउँपालिका प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरियामा जारीमा कर्मचारी प्रिमियर लिगकाे तेस्राे दिनकाे खेल मंगलबार सम्पन्न भएकाे छ । सकसेस लाेकसेवा इन्सिटच्यूट वीरगंजकाे आयाेजनामा संचालित क्रिकेट प्रतियाेगिताकाे तेस्राे दिन ४ वटा खेल सम्पन्न भएकाे हाे ।

मंगलबार भएकाे पहिलाे खेलमा राष्ट्रिय वाणिज्य बैंक वीरगंज विजयी भएकाे आयाेजक संस्थाका नरेश सर्राफले वताए । वीरगंज महानगरपालिकालाई ७ विकेटले हराउँदै राष्ट्रिय वाणिज्य बैंक विजयी भएकाे सर्राफले जानकारी दिए ।

त्यसैगरी दाेस्राे खेलमा कालिकामाई गाउँपालिका विजयी भएकाे थियाे । पकहा मैनपुर गाउँपालिकालाई ३२ रनले हराउँदै कालिकामाई विजयी भएकाे जिराभवानी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

त्यसैगरी तेस्राे खेलमा जगरनाथपुर गाउँपालिका विजयी भएकाे थियाे । पाेखरिया नगरपालिकालाई ३ विकेटले हराउँदै जगरनाथपुर विजयी भएकाे जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।

त्यसैगरी मंगलबार नै भएकाे चाैथाे खेलमा परवानीपुर गाउँपालिका विजयी भएकाे थियाे । जिराभवानी गाउँपालिकालाई ९ विकेटले हराउँदै परवानीपुर विजयी भएकाे परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना राैनियारले वताए ।   

पाेखरियाकाे शेरा खेल मैदानमा जारी प्रतियाेगिताकाे सेमिफाइनलकाे लागि राष्ट्रिय वाणिज्य बैंक, कालिकामाई, जगरनाथपुर र पकहा मैनपुर गाउँपालिका छनाैट भएका छन् । शनिबार हुने सेमिफाइनल खेल राष्ट्रिय वाणिज्य बैंक र कालिकामाई गाउँपालिका बिच तथा जगरनाथपुर गाउँपालिका र पकहा मैनपुर गाउँपालिका बिच हुने आयाेजकले जनाएकाे छ ।

एक बैंक र ७ पालिका सहभागि प्रतियाेगिताकाे फाइनल खेल पनि फागुन १३ गते शनिबार नै हुने छ । प्रतियाेगिताबाट  जिराभवानी गाउँपालिका, पाेखरिया नगरपालिका, वीरगंज महानगरपालिका र परवानीपुर गाउँपालिका बाहिरिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...