Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

मधानी महोत्सवकाे अन्तिम दिन कुस्ती प्रयाेगित सम्पन्न

spot_img
spot_img

वीरगंज । रौतहटको मौलापुरमा गत फागुन ५ गतेबाट सुरु भएको मधानी महोत्सव २०७९ को आइतबार समापन भएको छ ।मौलापुरस्थित पतौरामा रहेको प्राचीन महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्य सहित मौलापुर नगरपालिकाद्वारा आयोजित महोत्सव सम्पन्न भएकाे हाे ।

महाेत्सवकाे अन्तिम दिन आइतबार अन्तर्राष्ट्रीय स्तरकाे दंगल तथा कुस्ती प्रतियोगिता सम्पन्न भएकाे छ । कुस्ती प्रतियोगीतामा नेपाल–भारतका सुप्रसिद्ध खेलाड़ी एवं महिला पहलवानहरुको बेजोड़ प्रस्तुति रहेको थियो ।

महोत्सवले रौतहटको ऐतीहाँसीक शिव मन्दिरलाई धार्मिक तथा सांस्कृतीक रुपमा विश्वमाझ चिनाउने विश्वास लिइएकाे मौलापुर नगरपालीकाकी प्रमुख रिना कुमारी शाहले वताइन ।

यस अघि शनिबार महोत्सवमा भोजपुरी सीनेमाका सुपरस्टार पवन सिंह, काजल रागवानी, ख्यातीप्राप्त नेपाली गायीका एन्जिला रेग्मी लगायत सुप्रसिद्ध कलाकारहरुले सांस्कृतीक प्रस्तुती दिएका थिए ।

३ दिन सम्म संचालन भएको महोत्सवले तराई–मधेश क्षेत्रको विभिन्न सम्पदाहरु तथा यहाँको प्राचीन एवं मौलिक अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा प्रबर्द्धन गर्न विशेष सहयोग पुग्ने विस्वास नगरप्रमुख साहले व्यक्त गरिन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...