Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सामा कांग्रेसको प्रशिक्षण सुरू

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साले आइतबारदेखि आफ्ना नेता/कार्यकर्ताहरूका लागि प्रशिक्षण सुरु गरेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर आइतबारदेखि सुरुआतमा वीरगंज महानगरपालिकाका ३२ वटै वडाका कांग्रेस सभापति, सचिव र महानगर कार्यसमितिका पदाधिकारीहरुलाई प्रशिक्षण दिइएको छ ।

जिल्लाका १४ वटै पालिका र ११२ वडाकै नेता/कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको पर्सा कांग्रेसले जनाएको छ । कांग्रेसका वडा सभापतिहरूलाई कांग्रेसका स्थानीय नेताहरू विनोद गुप्ता, अमृत जोशी र कञ्चन झाले प्रशिक्षण दिएका हुन् ।

गुप्ता र जोशीले नेपाली कांग्रेसको झण्डाको इतिहास, रुख़ चिन्ह र मान्यतासहित सैद्धान्तिक विषयमा जानकारी गराएका थिए । त्यस्तै झाले नेपाली कांग्रेसको ईतिहास र पार्टीको विरुद्धमा फैलाइएको भ्रम चिर्न आवश्यक तथ्य र तथ्यांकहरू प्रस्तुत गरेका थिए । निजीकरण र उदारिकरणको उपलब्धीबारे झाले प्रष्ट्याएका थिए ।

जिल्लास्थित प्रशिक्षण विभागका प्रमुख एवम् जिल्ला उपसभापति रामनारायण कुर्मीको सभापतित्व र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा प्रदेश सभा सदस्य एवम् पार्टी सभापति जनार्द्धन सिंह क्षेत्री लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...