Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

पर्सामा कांग्रेसको प्रशिक्षण सुरू

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साले आइतबारदेखि आफ्ना नेता/कार्यकर्ताहरूका लागि प्रशिक्षण सुरु गरेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर आइतबारदेखि सुरुआतमा वीरगंज महानगरपालिकाका ३२ वटै वडाका कांग्रेस सभापति, सचिव र महानगर कार्यसमितिका पदाधिकारीहरुलाई प्रशिक्षण दिइएको छ ।

जिल्लाका १४ वटै पालिका र ११२ वडाकै नेता/कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको पर्सा कांग्रेसले जनाएको छ । कांग्रेसका वडा सभापतिहरूलाई कांग्रेसका स्थानीय नेताहरू विनोद गुप्ता, अमृत जोशी र कञ्चन झाले प्रशिक्षण दिएका हुन् ।

गुप्ता र जोशीले नेपाली कांग्रेसको झण्डाको इतिहास, रुख़ चिन्ह र मान्यतासहित सैद्धान्तिक विषयमा जानकारी गराएका थिए । त्यस्तै झाले नेपाली कांग्रेसको ईतिहास र पार्टीको विरुद्धमा फैलाइएको भ्रम चिर्न आवश्यक तथ्य र तथ्यांकहरू प्रस्तुत गरेका थिए । निजीकरण र उदारिकरणको उपलब्धीबारे झाले प्रष्ट्याएका थिए ।

जिल्लास्थित प्रशिक्षण विभागका प्रमुख एवम् जिल्ला उपसभापति रामनारायण कुर्मीको सभापतित्व र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा प्रदेश सभा सदस्य एवम् पार्टी सभापति जनार्द्धन सिंह क्षेत्री लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...