Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कर्मचारी प्रिमियर लिगमा कालिकामाई, वीरगंज, पकहामैनपुर र आरबिबि विजयी

spot_img
spot_img

वीरगंज । पर्साको पोखरियामा शनिबारदेखि “कर्मचारी प्रिमियर लिग २०७९” सुरु भएको छ । सक्सेस ईन्स्टिच्युट वीरगंजकाे आयोजनामा सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहानले गरेका थिए ।

पाेखरियाकाे शेरा खेल मैदानमा सुरु भएकाे क्रिकेट प्रतियोगिताकाे पहिलाे खेलमा कालिकामाई गाउँपालिका विजयी भएकाे नेपाल राष्ट्र बैंकका अधिकृत नरेश सर्राफले जानकारी दिए । बाराकाे परवानीपुर गाउँपालिकालाई २५ रनले हराउँदै कालिकामाई गाउँपालिका विजयी भएकाे अधिकृत सर्राफले वताए । 

यसैगरी शनिबार नै भएकाे दाेस्राे खेलमा वीरगंज महानगरल विजयी भएकाे छ । जगरनाथपुर गाउँपालिकालाई ५ विकेटले पराजित गर्दै वीरगंज विजयी भएकाे हाे ।

टस जितेर ब्याटिङ गरेको जगरनाथपुरले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १०९ रन जोडेको थियो । ११० रनको लक्ष्यका साथ मैदान उत्रिएको वीरगंजले ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियाे ।

वीरगंजकाे जितमा रुपनारायण राउतले नट आउट ४० रनको योगदान दिए । 

त्यसैगरी शनिबार नै भएकाे तेस्राे खेलमा पकहा मैनपुरा गाउँपालिका विजय भएकाे छ । जिराभवानी गाउँपालिकालाई ७ विकेटले हराउँदै पकहा मैनपुर विजयी भएकाे आयाेजकले जनाएकाे छ ।

त्यसैगरी शनिबार नै भएकाे चाैथाे खेलमा राष्ट्रिय वाणिज्य बैंक विजयी भएकाे छ । पाेखरिया नगरपालिकालाई २६ रनले हराउँदै राष्ट्रिय वाणिज्य बैंक विजयी भएकाे हाे ।

कामबाट थकित भएका कर्मचारीलाई रिफ्रेस बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । याे प्रतियाेगिताकाे वाकी खेल फागुन ७, ९ र १३ गते हुने छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...