Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजमा ट्रकले साईकललाई ठक्कर दिदाँ एक जनाकाे ज्यान गयाे

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २० अपौनी चोकमा ट्रकले साईकललाई ट्रक ठक्कर दिदा एक जनाकाे मृत्यु भएकाे छ । ट्रककाे ठक्करबाट साईकलमा सवार अपाैनी निवासी नागेन्द्र ठाकुरकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार अपौनी चोक स्थित साेमबार सांझ ७:३५ बजेको समयमा बहुअरीबाट परवानीपुर तर्फ गईरहेको बा.प्र.०३-००१ ख १४१८ नम्बरको ट्रकले परवानीपुरबाट अपौनी आफनो घर आउने क्रम्मा अपौनी चोकबाट दायां मोडदै गरेको साईकलमा सवार ठाकुरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।

ट्रककाे ठक्करबाट सडक किनाराको सिमेन्टको रेलिङ्गमा च्यापीइ ठाकुर गम्भीर घाईते भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाहको कमाण्डमा ८० जनाको प्रहरी टोली खटी गई घाईते ठाकुरलाई उद्धार गरी नारायणी अस्पताल पुर्याएकाे थियाे ।

अस्पताल पुर्याइएकाे घाइते ठाकुरलाई चिकित्सकले ई.सि.जी. लगायतको जाँच गर्दा मुत्यु भईसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ठक्कर दिने ट्रक र जिल्ला मकवानपुर थाहा नगरपलिका वडा नं. ४ पालुङ बस्ने ट्रक चालक रमेश गोम्बालाई कानुनी प्रकृया पुरा गरी वरामद तथा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...