Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रदेश सांसद जयसवालको योजना छान्दै स्थानिय नागरिक

spot_img
spot_img
वीरगंज । पर्सा क्षेत्र नं. ३ (१) बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य (सांसद) प्रमाेद जयसवाले नयाँ अभ्यासकाे सुरुवात गरेका छन् । प्रदेश सांसद जयसवालले संसदिय विकास योजना छान्न जिल्ला मै नयाँ अभ्यासको शुरुवात गरेका हुन् ।
 
उनले क्षेत्र अन्तर्गतकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ मधुवन मथौलमा आइतबार “प्रदेश सांसद विकास योजना सम्बन्धि वडा स्तरिय छलफल कार्यक्रमकाे आयाेजना गरेका छन् । यस अघि सांसद जयसवालले यस्तै कार्यक्रम सखुवा प्रसौनी गाउँपालिकाकाे वडा न. ४ देउरवानामा आयाेजना गरि स्थानिय संग याेजना छनाैट बारे छलफल गरेका थिए ।  
 
मधुवल मथवलमा आयाेजित कार्यक्रमका सहभागीहरुले आफुहरुसंग रायसल्लाह गरी विकास योजना गर्ने परिपाटीको विकास गरेकोमा खुशी व्यक्त गर्दै सांसद जयसवाललाई धन्यवाद दिएका थिए । उनीहरुले यस्ताे कार्य आफुहरुकाे क्षेत्रमा पहिलाे पटक भएकाे वताए ।
 
स्थानिय नेता रामा दास थारुको अध्यक्षता र सांसद जयसवालको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा पुर्व गाविस अध्यक्ष लालदेव उराव, स्थानिय नेता मनबुद्धि उराव, स्थानिय युवा मनोज पटवारी, अशोक साह लगायत दर्जनौ अगुवा महिला-पुरुषले आ-आफ्नो बिचार राखेका थिए ।  
 
आफ्नो मन्तव्य राख्दै पुर्व गाबिस अध्यक्ष लालदेव महतो उरावले आफु राजनितिमा लागेको दशकौ बिति सकेको भए पनि यस क्षेत्रका कोही सांसद तहका नेताले यस प्रकार जनताको भेलाबाट राय सल्लाह गरी योजना छानेको नदेखेको भन्दै हाम्रो छोरा सरहका उमेरका जयसवालजीको काम गर्ने प्रक्रिया देख्दा खुशि लागेकाे वताए । उनले आफ्नाे क्षेत्रका प्रदेश सांसद जयसवाललाई धन्यवाद र सफलताको शुभकामना दिन चाहन्छु भन्दै क्षेत्रकाे विकासकाे लागि आफुबाट हुने सहयाेग गर्ने प्रतिबद्धता समेत जनाए ।
 
जनमुखी विकास पद्धति अनुसार काम गर्ने चुनाव ताकाको आफ्नो प्रतिबद्धता अनुसार सबै नागरिकहरुको साथ सहयोग र सहकार्यमा विकास कार्य अघि बढाउन आफु हर सम्भव प्रयास गर्न लागि परेको प्रदेश सांसद जयसवालले वताए ।
 
उनले सबै मिलेर आफ्नो ठाउँको विकासमा एकजुट भएर लाग्न र तिन वटै तहका सरकारलाई नागरिकको हितमा जिम्मेवार बनाउन खबरदारी र सहयोग गर्न आम नागरिकलाई अनुरोध गरेका थिए । योजना छनौट प्रकियाको सहजीकरण समेत सांसद जयसवालले नै गरेका थिए ।
 
कार्यक्रमको अन्तमा ५१ सदस्यीय ” प्रदेश सांसद वडा स्तरिय विकास समन्वय समिति” र शिक्षा, स्वास्थ्य, कृषि, वन-पर्यटन, महिला बिकास लगायतका केही बिषयगत समितिहरु निर्माण गरी काम गर्ने सहमती भएको थियो । उल्लेख्य जनसहभागिता रहेको कार्यक्रममा समस्या पहिचान, योजना छनौट र बिश्लेषण गर्ने कार्य भएको थियो ।
 
यस्ताे कार्यक्रम क्षेत्रका १६ वटै वडाहरुमा सन्चालन गर्ने योजना रहेको सांसद जयसवालकाे सचिवालयले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...