Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

दिव्य युवा क्लबकाे २६ औं बार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । दिव्य युवा क्लब बिरन्चीबर्वा, पर्साकाे २६ औं बार्षिक साधारण सभा शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजकाे लिंकराेडस्थित हाेटल कुमु प्यालेसमा भएकाे साधारण सभा बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसहमत पारित गर्दै सम्पन्न भएकाे हाे ।

क्लबका अध्यक्ष उमेश चौहानकाे अध्यक्षतामा भएकाे साधारण सभामा आ.ब. २०७८/०७९ को बार्षिक प्रगति प्रतिवेदन र आ. ब. २०७९/०८० को बार्षिक प्रस्तावित कार्यक्रम संस्थाका सचिव सोनालाल राउतले प्रस्तुत गरेका थिए भने बार्षिक आर्थिक प्रतिवेदन र बार्षिक प्रस्तावित बजेट कोषाध्यक्ष कन्हैया साहले प्रस्तुत गरेका थिए ।

साधारण सभाकाे उद्घाटन सत्रमा वाेल्ने वक्ताहरुले संस्थाले राम्राे काम गरेकाे भन्दै प्रशंसा गरेका थिए । संस्थाले सरकारी निकायले गर्न नसकेकाे काम गरेकाे भन्दै प्रशंसा समेत व्यक्त गरेका थिए । संस्थाले विभिन्न परियाेजना तथा कार्यक्रम मार्फत जिल्लाकाे विकासमा सहयाेग पुर्याएकाे वक्ताहरुकाे भनाई थियाे ।  

उद्घाटन समाराेह मै संस्थाका संस्थापकका सचिव एवम् कालिकामाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष जयनारायण पटेल, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो लगायतकालाई सम्मान समेत गरिएकाे थियाे ।

जिल्ला समन्वय समिति पर्साका उप प्रमुख पुरण प्रसाद कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पाेखरिया नगरपालिकाकी पूर्व उप प्रमुख सल्मा खातुन, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, समािजक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन संस्थाकी कार्यक्रम संयाेजक कपिला चाैलागाई साहले गरेकी थिइन ।

संस्थाले हाल एक्सनएड नेपालको सहयोगमा स्थानिय अधिकार कार्यक्रम, जि.पि.फण्ड परियोजना, एक्सनएड नेपाल र आईरिश एडको सहयोगमा महिला अधिकार कार्यक्रम, भिएसओ नेपालको सहयोगमा किशोरी शसक्तिकरण लागि शैक्षिक कार्यक्रम र वीरगंज महानगरपालिकाको सहयोगमा सामी परियोजना संचालन गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...