Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

प्रदेश भरि मै खानेपानीकाे अभाव हुन दिन्नाैं : खानेपानी मन्त्री कलवार

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका खानेपानी तथा उर्जा मन्त्री सिंहासन साह कलवारले मधेश प्रदेशमा खानेपानीको अभाव हुन नदिन बताएका छन् । मन्त्री भएपछि पहिलाे पटक गृह जिल्ला पर्सा आएका मन्त्री कलवारले यस्ताे वताएका हुन् ।

पर्साका पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले मन्त्रालयबाट आफनो पालिकामा खानेपानीका लागी सहयोग गर्न मन्त्री कलवारसंग आग्रह गरेपछि जवाफ उनले पालिकामा मात्रै होईन पुरै मधेश प्रदेशमै अभाव हुननदिन वताए ।

पकहा मैनपुर गाउँपालिका वडा नम्बर ५ गदियानी पोखरीयाको उतरपटि सिक्टा नदिमा झुलुंगे पुल निमार्णका लागी पनि पहल गर्न अपिल गर्दा मन्त्री कलवारले आर्थिक बर्ष ०७८।०७९ को मेरो बजेटबाट गत भदौ महिनामा बजेट निकासा भईसकेकोले सो झुलुंगे पुल निमार्ण गराउन र थप केही बजेट कमी भए भौतिक मन्त्रालयसंग पहल गर्ने समेत आश्वाशन दिए ।

पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले मंत्री कलवारलाई गाम्छा ओढाई सम्मान समेत गरेका थिए । 

वीरगंजकाे राधेमाईस्थित मन्त्री कलवारकाे निवसामा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, पत्रकार छठु साह लगायतकाहरु समेत पुगेका थिए ।

यसै बिच मन्त्री भएपछि पहिलाे पटक गृह जिल्लाकाे सदमुकाम वीरगंज आएका कलवारलाई उनका पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन्  भने मन्त्री कलवारले वीरगंजकाे घण्टा‍घरस्थित सहिद स्मार्कमा पुगेर सहिदहरुकाे शालिक माल्यार्पण समेत गरेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...