Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रदेश सांसद जयसवालद्वारा सांसद विकास योजना सम्बन्धि छलफल

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ३ (१) बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य (सांसद) प्रमोद जयसवालले प्रदेश सांसद विकास योजना सम्बन्धि वडा स्तरिय छलफल गरेका छन् । सांसद जयसवालले सांसद विकास याेजना छनाैटकाे लागि क्षेत्र अन्तर्गतकाे वडा मै पुगेर छलफल गरेका हुन् ।

सांसद जयसवालकाे सचिवालयको आयोजनामा सखुवा प्रसौनी गाउँपालिका वडा न. ४ देउरवानामा बुधबार प्रदेश सांसद विकास योजना सम्बन्धि वडा स्तरिय छलफल कार्यक्रम सम्पन्न भएको हाे ।

वडाका हरेक टोल र बस्तिबाट आएको योजनाहरुको प्राथमिकिकरण सहभागिमूलक बिधिबाट गरिएको थियो । योजनाको पहिचान, बिश्लेषण र प्राथमिकिकरण प्रक्रिया बारे सहजीकरण सांसद जयसवाल स्वयंले आफैले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद जयसवालले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार विच बिकास कार्यमा समन्वय नभए सम्म विकास कार्य प्रभावकारी हुन नसक्ने वताउँदै सबै नागरिक जिम्मेवार हुनु पर्नेमा जोड दिए । त्यसकाे लागि आफुले सम्पुर्ण नागरिक र हरेक तहको सरकार बिच समन्वयकारी भूमिका निर्वाह गर्ने सांसद जयसवालले वताए ।

पुर्व वडाध्यक्ष जुमादिन अन्सारीको अध्यक्षतामा भएकाे कार्यक्रममा वडाका हरेक टोल, जातजाती, समुदायका अगुवा, महिला, दलित समुदायको उल्लेख्य सहभागिता रहेको थियो । पुर्व कार्यपालिका सदस्य स्थानिय लक्ष्मण साह कानुले सहजीकरण गरेकाे कार्यक्रममा स्थानिय अगुवा नाजिर अन्सारीले स्वागत मन्तव्य राखेका थिए ।  

कार्यक्रमको अन्त्यमा स्थानिय समाजसेवी अगुवा नाजिर अन्सारीको अध्यक्षतामा हरेक टोल, जातजाती, धर्म, लिङ्ग, समुदाय र बिषयगत बिज्ञ सहित ५१ सदस्यीय वडा स्तरिय ” प्रदेश सांसद विकास समन्वय समिति” गठन भएको युवा नेता अनिल पटेल जानकारी दिए ।

यस प्रकारको कार्यक्रम हरेक वडामा संचालन गर्ने योजना रहेको सांसद जयसवालकाे सचिवालयले जनाएकाे छ । यस क्षेत्रमा पहिलाे पटक सांसद जयसवालले यस प्रकारको सार्वजनिक भेला गरी योजना र विकास बारे खुल्ला छलफल गरेको भन्दै स्थानियहरु खुशी व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...