Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्री रहबरले लिए शपथ

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मधेस प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्रीको रुपमा नियुक्त भएकी सुनिता यादव प्रदेश प्रमुख हरिशंकर मिश्रबाट र राज्यमन्त्रीमा नियुक्त भएका रहबर अन्सारी प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री सरोजकुमार यादवबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । मन्त्री सुनिता मैथली भाषा र राज्यमन्त्री रहबर भाेजपुरी भाषामा सपथ ग्रहण गरेका थिए । 

मधेस सरकार गठन भएयता मुख्यमन्त्रीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रीमण्डलले पूर्णता पाएको छ ।

गत पुस २७ गते ६३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले पहिलो पटक तीनजना मन्त्री, दोस्रो पटक ६ मन्त्री र ३ राज्यमन्त्री तथा तेस्रो पटक १ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्रीमा नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादव, अर्थमन्त्रीमा जनता समाजवादी पार्टीका संजय यादव, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीमा जनमत पार्टीका बसन्त कुशवाहालाई पहिलो पटक मन्त्रीमण्डल विस्तार गर्दा नियुक्त गरेका थिए ।

यस्तै, दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा जसपाकी सुरिता साह सामाजिक विकासमन्त्री, जनमतका महेश यादव शिक्षा विज्ञान प्रविधि तथा वाणिज्यमन्त्री, एमालेका शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, एमालेकै मो. जैयद आलम महिला बालबालिका युवा तथा खेलकुद, जसपाका सिंगासन सा कलवार खानेपानी तथा ऊर्जा र एमालेका राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मामिलामन्त्रीको रूपमा नियुक्त भएका थिए ।

यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा जसपाका शेष अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्रीमा एमालेका केशव राय र भूमि, वयवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा जनमतका संजयकुमार यादव नियुक्त भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...