Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्री रहबरले लिए शपथ

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मधेस प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्रीको रुपमा नियुक्त भएकी सुनिता यादव प्रदेश प्रमुख हरिशंकर मिश्रबाट र राज्यमन्त्रीमा नियुक्त भएका रहबर अन्सारी प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री सरोजकुमार यादवबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । मन्त्री सुनिता मैथली भाषा र राज्यमन्त्री रहबर भाेजपुरी भाषामा सपथ ग्रहण गरेका थिए । 

मधेस सरकार गठन भएयता मुख्यमन्त्रीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रीमण्डलले पूर्णता पाएको छ ।

गत पुस २७ गते ६३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले पहिलो पटक तीनजना मन्त्री, दोस्रो पटक ६ मन्त्री र ३ राज्यमन्त्री तथा तेस्रो पटक १ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्रीमा नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादव, अर्थमन्त्रीमा जनता समाजवादी पार्टीका संजय यादव, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीमा जनमत पार्टीका बसन्त कुशवाहालाई पहिलो पटक मन्त्रीमण्डल विस्तार गर्दा नियुक्त गरेका थिए ।

यस्तै, दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा जसपाकी सुरिता साह सामाजिक विकासमन्त्री, जनमतका महेश यादव शिक्षा विज्ञान प्रविधि तथा वाणिज्यमन्त्री, एमालेका शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, एमालेकै मो. जैयद आलम महिला बालबालिका युवा तथा खेलकुद, जसपाका सिंगासन सा कलवार खानेपानी तथा ऊर्जा र एमालेका राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मामिलामन्त्रीको रूपमा नियुक्त भएका थिए ।

यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा जसपाका शेष अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्रीमा एमालेका केशव राय र भूमि, वयवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा जनमतका संजयकुमार यादव नियुक्त भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...