Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्साका प्रदेश सांसद रहबर राज्य मन्त्री बन्दै

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे पर्सा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित  प्रदेश सभा सदस्य रहबर अन्सारी मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित रहबर मधेश प्रदेशको वन तथा पर्यटन राज्य मन्त्री बन्ने भएका हुन् । 

नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा सुनिता यादव र रहबर अन्सारीलाई मन्त्री बनाउने निर्णय गरेको छ । सुनिता र रहबर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य रहबर अन्सारीलाई राज्य मन्त्री बनाउने निर्णय भएको नेकपा माओवादीका प्रदेश सदस्य उदय बरबरिया यादवले जानकारी दिए ।  

मधेस प्रदेशमा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय छाडेर अन्य ९ मन्त्रालयमा मन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहण भइसकेको छ । तर माओवादीको भागमा परेको उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीमा सुनिता र राज्यमन्त्रीमा रहबरलाई बनाउने निर्णय भएको हो । 

सुनिता जनयुद्धकालीन शहिद रामवृक्ष यादवकी कान्छी छोरी हुन । रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेको थियो । सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान डम्बर यादवले सहादत प्राप्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...