Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्साका प्रदेश सांसद रहबर राज्य मन्त्री बन्दै

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे पर्सा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित  प्रदेश सभा सदस्य रहबर अन्सारी मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित रहबर मधेश प्रदेशको वन तथा पर्यटन राज्य मन्त्री बन्ने भएका हुन् । 

नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा सुनिता यादव र रहबर अन्सारीलाई मन्त्री बनाउने निर्णय गरेको छ । सुनिता र रहबर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य रहबर अन्सारीलाई राज्य मन्त्री बनाउने निर्णय भएको नेकपा माओवादीका प्रदेश सदस्य उदय बरबरिया यादवले जानकारी दिए ।  

मधेस प्रदेशमा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय छाडेर अन्य ९ मन्त्रालयमा मन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहण भइसकेको छ । तर माओवादीको भागमा परेको उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीमा सुनिता र राज्यमन्त्रीमा रहबरलाई बनाउने निर्णय भएको हो । 

सुनिता जनयुद्धकालीन शहिद रामवृक्ष यादवकी कान्छी छोरी हुन । रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेको थियो । सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान डम्बर यादवले सहादत प्राप्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...