Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

कालिकामाईबाट लागु औषध गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीलेे पर्साकाे कालिकामाई गाउँपालिका वडा नं.१ मुडलीबाट एक जनालाई लागु औषध गाँजासहित पक्राउ गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरिक्षक आयुश प्रसाद जोसीको कमाण्डमा खटिएको टोलीले मंगलबार सांझ ५ बजे भारत विहार जिल्ला गोपालगञ्ज थाना गोपालगञ्ज ग्राम जगरी टोल निवासी ५५ बर्षिय शम्भु सहनीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

विभिन्न सवारी साधन तथा पैदलयात्रुहरूलाई चेकजाँच गर्ने क्रममा बिआर२८ के ४९१९  नम्बरको हिराे हुन्डा मोटरसाईकललाई रोकी जाँच गर्दा सहनीले उक्त मोटरसाइकलको सिटमुनी फल्स बटम बनाई कालो ब्यागभित्र हरियो प्लाष्टिकले वेरी राखेको अवस्थामा लागु औषध गाँजा ७ के.जी. फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले वताए ।

उक्त लागु औषध र मोटरसाइकल सहित सहनीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा मंगलबार पर्सा जिल्ला अदालतबाट ४ दिनकाे म्याद थप अनुमति प्रदान गरि अनुसन्धान अगाडि बढाइएको प्रवक्ता बुढाथाेकीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...