Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

कालिकामाईबाट लागु औषध गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीलेे पर्साकाे कालिकामाई गाउँपालिका वडा नं.१ मुडलीबाट एक जनालाई लागु औषध गाँजासहित पक्राउ गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरिक्षक आयुश प्रसाद जोसीको कमाण्डमा खटिएको टोलीले मंगलबार सांझ ५ बजे भारत विहार जिल्ला गोपालगञ्ज थाना गोपालगञ्ज ग्राम जगरी टोल निवासी ५५ बर्षिय शम्भु सहनीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

विभिन्न सवारी साधन तथा पैदलयात्रुहरूलाई चेकजाँच गर्ने क्रममा बिआर२८ के ४९१९  नम्बरको हिराे हुन्डा मोटरसाईकललाई रोकी जाँच गर्दा सहनीले उक्त मोटरसाइकलको सिटमुनी फल्स बटम बनाई कालो ब्यागभित्र हरियो प्लाष्टिकले वेरी राखेको अवस्थामा लागु औषध गाँजा ७ के.जी. फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले वताए ।

उक्त लागु औषध र मोटरसाइकल सहित सहनीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा मंगलबार पर्सा जिल्ला अदालतबाट ४ दिनकाे म्याद थप अनुमति प्रदान गरि अनुसन्धान अगाडि बढाइएको प्रवक्ता बुढाथाेकीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...

‘अर्नब’ चक्रवातको प्रभाव पर्न सक्ने भन्दै पर्सामा उच्च सतर्कता अपनाउन आग्रह

वीरगञ्ज । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय...

गोलबजारका तत्कालीन मेयर देवनाथ साहुसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाको हाटबजार ठेक्का प्रक्रियामा एक करोड ६०...