Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

७० जना सीडीओ र सहायक सीडीओको सरुवा, पर्सामा हिरालाल रेग्मी आउदै

spot_img
spot_img

वीरगंज । सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो ।

आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार पर्साका प्रजिअ उमेश कुमार ढकाललाई गृह मन्त्रालयमा सरुवा भएकाे छ । पर्साकाे नयाँ प्रजिअमा हिरालाल रेग्मीलाई पठाइएको छ । उनी हाल दाङको प्रमुख जिल्ला अधिकारी थिए ।

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारीमा वेदनिधी खनाललाई पठाइएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...