वीरगंज । पर्सामा कुष्ठ रोगका बिरामीको संख्या बढ्दै गएको छ । अन्तराष्ट्रिय कुष्ठ रोग दिवसको सन्दर्भमा शुक्रबार वीरगंजमा आयोजित पत्रकारहरुकाे लागि कुष्टराेग सम्बन्धि अभिमुखिकरण कार्यक्रममा यस्ताे जानकारी गराइएकाे हाे ।
पर्सा जिल्लामा अहिले कुष्ठ राेगका विरामी ५४१ जना रहेको द ल्याप्रोसी मिसन नेपालकी पर्सा जिल्ला अनुगमन तथा मुल्यांकन अधिकृत रिजु तिवारीले वताइन । ती मध्ये जटील अवस्थाका ४४१ जना र सामान्य अवस्थाका ९८ जना रहेको उनले जानकारी गराइन ।
उनका अनुसार जिल्लामा सबै भन्दा बढि वीरगंज महानगरपालिकामा २०६ जना र ठोरी गाँउपालिकामा भने कुष्ठ रोगका बिरामीको संख्या शुन्य रहेको छ ।
यस्तै पटेर्वासुगौली गाँउपालिकामा ७० जना, पोखरिया नगरपालिकामा ५१ जना, कालिकामाई गाँउपालिकामा ४१ जना, विन्दवासीननी गाँउपालिकामा ४० जना, जीराभवानी गाँउपालिकामा २६ जना, बहुदरमाइ नगरपालिकामा २६ जना, जगरनाथपुर गाँउपालिकामा २३ जना, पकाहा मैनपुर गाँउपालिकामा १७ जना, छिपहरमाई गाँउपालिकामा १४ जना, सखुवा प्रसौनी गाँउपालिकामा १३ जना, धोबिनी गाँउपालिकामा ९ जना र पर्सागढी नगरपालिकामा ५ जना कुष्ठ रोगका बिरामी रहेका छन् ।
जिल्लामा फेला परेका सबै बिरामी उपचाररत रहेका छन् । हरेक पालिकाको स्वास्थ्य संस्थाबाट ती बिरामीले स्वास्थ्य उपचार निशुल्क पाइरहेका छन् ।
देशभरका सातै प्रदेश मध्ये सबै भन्दा बढि मधेस प्रदेशममा ७४३ जना र सबै भन्दा कम कर्णली प्रदेशमा ६७ जना कुष्ठरोगका बिरामी रहेका छन् । देशभरमा कुष्ठरोगका कुल बिरामीको संख्या २ हजार १७३ जना रहेको छ ।
स्वास्थ्य कार्यालय पर्साको समन्वय र द ल्याप्रोसी मिसन नेपालकाे आयाेजनामा वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, काेषाध्यक्ष संजिव मिश्र लगायतका संचारकर्मीहरुकाे सहभागिता रहकाे थियाे ।








