Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026

पर्साकाे पाेखरिया र वीरगंजमा मनाइयाे बलिदानी दिवस

spot_img
spot_img

वीरगंज । मधेस आन्दोलनका शहिदहरुकाे सम्झनामा मनाइने बलिदानी दिवस बिहीबार पर्साको पोखरियामा पनि मनाइएको छ ।पोखरीया बजार स्थित शहिद चन्दन पटेलको शालीकमा फुलमाला अर्पण गरि बलिदानी दिवस मनाइएको हो ।

जनता समाजवादी पार्टी (जसपा)) को पोखरिया नगर समितिले श्रद्धाञ्जली सभाको आयोजना गरि बलिदानी दिवस मनाएको जसपा पाेखरिया नगर समितिका अध्यक्ष राजु साहले जानकारी दिए । 

श्रद्धान्जलीसभामा बोल्दै वक्ताहरुले मधेस आन्दोलन र मधेसी शहिदको बलिदानीबाट नै संघीयता, समावेशीता जस्ता राजनीतिक उपलब्धिहरु प्राप्त भएकाले शहिदको त्याग र आहूतीलाई भुल्न नहुनेमा जोड दिए ।

कार्यक्रममा जसपाकी केन्द्रिय सदस्य नेतृ सल्मा खातनु, जसपाका केन्द्रीय सल्लाहकार खलील मिया, शहिद चन्दन पटेलका काका मनोज पटेल, जसपाका क्षेत्रीय अध्यक्ष पवन कुमार सिंह, नेतृ डा.मधु गुप्ता, मुख्तार मियाँ, हरिन्द्र साह, देवेन्द्र साह, जग मुखिया लगायतका नेता कार्यकर्ताको पनि सहभागीता थियो ।

बलिदानी दिवसमा बिहिबार मधेस प्रदेश सरकारले प्रदेशमा सार्वजनिक विदा समेत दिएकाे छ ।

यसैगरी वीरगंजमा पनि बलिदानी दिवस मनाइएको छ । बलिदानी दिवसकाे अवसरमा वीरगंजकाे घण्टाघर चाेक नजिकैकाे मधेसी सहिद पार्कमा बिहिबार जनता समाजवादी पार्टी (जसपा) पर्साका नेता तथा कार्यकर्ताले शहिदका शालिकमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

त्यस क्रममा उनिहरुले मधेस आन्दोलन र मधेसी शहिदहरुकै त्याग र बलिदानीका कारण मधेसीले पहिचान, संघीयता, समावेशीता लगायतका अधिकार पाउन सफल भएकाे बताए । अझै पनि मधेस आन्दोलनका केही मुद्दा सम्बाेधन हुन बाँकी नै रहेकाे भन्दै जसपाका नेताहरूले त्यसका लागि आफुहरुकाे संघर्ष जारी नै रहेकाे जिकिर गरे ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवकाे अध्यक्षता तथा प्रदेशसभा सदस्य प्रमाेद जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, केन्द्रिय परिषद सदस्य शिवजी सोनी, जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, जिल्ला सचिव तबरेज अहमद, युवा नेता सरोज यादव, अमित यादव, सफ्रोज आलम, विद्यार्थी नेताहरु एजाजबाबु रान्की, हरेन्द्र साह, सागिर आलम, नैमोदिन आलम, फरिद आलम, आबिद समानी लगमयतकाे सहभागीता थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कमन जेनजी नेपाल पुनर्गठन, विकेश साहको अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन

वीरगंज । विभिन्न जेनजी समूह तथा घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालले आफ्नो केन्द्रीय कमिटी पुनर्गठन गरेको छ। पुनर्गठित १०५ सदस्यीय केन्द्रीय समितिको अध्यक्षमा...

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...