Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

प्रतिबन्धित भारतीय नोटसहित वीरगंजका जटाशंकर पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले वीरगंजबाट प्रतिवन्धति भारतिय नाेटसहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१ छपकैया निवासी २१ बर्षिय जटाशंकर साह सोनारलाई पक्राउ गरेकाे हाे ।

माघ ३ गते मंगलबार दिउँसो ३ बजेको समयमा खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटस्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगंज तर्फ आउदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमितरूपमा चेकजाँच गर्ने क्रममा साेनारलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

संकास्पदरूपमा आउदै गरेको साेनारकाे खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू. ५ सय दरको नोट २ सय थान रू एक लाख फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बरामद प्रतिबन्धित भारतिय नाेटसहित निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...