Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

मधेश प्रदेशको सभामुखमा एमालेका रामचन्द्र र उपसभामुखमा जनमतकी बबिता निर्वाचित

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा मण्डल निर्वाचित भएका हुन् । मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । मङ्गलबार सदनमा एकसय ३ सांसद उपस्थित थिए ।

मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुन् ।

मण्डललाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र दुई स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका हुन् ।

मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोश्रोपटक निर्वाचित सांसद हुन् । विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए ।

नेपाली कांग्रेसबाट सभामुखमा जंगीलाल राय उम्मेदवार थिए । प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।

यसैगरी मधेस प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिता कुमारी राउत ईशर निर्वाचित भएकी छन् ।

समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी ईशर मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् । मधेस प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ९ र ७ को उपनियम ४ बमोजिम उपसभामुख चयन गरिएको हो । 

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीकी समानुपातिका सांसद राउतलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा ७२ मत परेसँगै उनी उपसभामुखमा चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २९ मत खसेको थियो।

उपसभामुखको निर्वाचनमा १०१ जना सांसद उपस्थित भएका थिए । राउतलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गरेका हुन् ।

यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)पार्टीकी प्रदेशसभा सदस्य बेची लुंगेलीलाई प्रदेशसभा सदस्य रतनेश्वर गोइत यादवले निर्वाचित गरियोस् भन्ने पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...