Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जिराभवानीमा दुई दाजुभाईलाई निर्घात कुटपिट, ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा एक जनालाई निर्घात कुटपिट भएकाे छ । बाटाे अवरुद्ध गरेको बिषयलाई लिएर जिराभवानी गाउँपालिकाकाे वडा नं.१ महादेवपट्टी निवासी दुई दाजुभाईलाई कुटपिट गरेकाे आराेपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा समेत लिएकाे छ ।

प्रहरीले जिराभवानी गाउँपालिका नं.१ महादेवपट्टी निवासी ४५ बर्षिय हिरालाल मुखिया विन, साेही ठाउँ निवासी २१ बर्षिय विनोद मुखिया विन र १९ बर्षिय ललन मुखिया विनलाई पक्राउ गरेकाे हाे । 

साेमबार राती ११:४५ बजेको समयमा जिराभवानी गाउँपालिका वडा नं. १ महादेवपट्टी बस्ने वर्ष ३२ को कैलाश दास तत्वालाई निजकै छिमेकीहरूले बाटो अवरुद्ध गरेको बिषयलाई लिएर ११ जना एकजुट भई कैलाश दास तत्वा तथा निजको भाई प्रभु प्रमेश्वर दास तत्वालाई निर्घात कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ ।

तत्वा दाजुभाईलाई घरेलु हतियार तथा लाठ्ठी भाठ्ठाले निर्घात कुटपिट गरी ज्यान मार्ने उदेश्यले गम्भीर घाईते बनाइ फाली फरार भएको हुँदा ज्यान मार्ने उद्योग कसूरमा कारवाही र सजाय गरी पाँउ भनी कैलाश दास तत्वाको किटानी जाहेरी दरखास्त आधारमा प्रकाउ गरिएकाे जिल्ला प्रहरीले जनाएकाे छ ।

वारदातमा संलग्न भएका अभियुक्तहरूको खोज तलासको क्रममा मंगलबार विहान पक्राउ परेका तीनै जना अभियुक्तहरू ज्यान मार्ने उद्योग कसूरमा मंगलबार नै पर्सा जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...