Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

प्रतिबन्धित लागु औषध सहित वीरगंजबाट ३ जना पक्राउ

spot_img
spot_img

 वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित ३ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले लागु औषध फेन्सडिल सहित दुई जनालाई र नाईट्राभेट ट्याब्लेट सहित एक जनालाई पक्राउ गरेकाे हाे ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएकाे नियमित चेकिङ टोलीले साेमबार राती ०८:१० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १७ कोनियाबाट दुई जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिआर २२एजे २३३० नम्बरको भारतिय मोटरसाइकलमा सवार पर्सागढी नगरपालिकाकाे वडा नं. ६ निवासी ४० बर्षिय बिजय कुमार गुप्ता र बहुदरमाई नगरपालिकाकाे वडा नं.४ डकैला निवासी ३२ बर्षिय सतिष कुमार सिंहलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

दुबै जनाकाे साथबाट फेन्सडिल १०० एमएलको १२ बोतल बरामद भएकाे प्रवक्ता गिरीले वताए । पक्राउ परेका मध्येका विजय पर्सागढी नगरपालिकाका वडा नं. ६ का वडाध्यक्ष नवलकिशाेर गुप्ताका दाई हुन् ।  

यसैगरी प्रतिबन्धित लागु औषध सहित वीरगंज महानगरपालिकाकाे वडा नं. -१६ स्थित शंकराचार्यबाट पनि एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएकाे प्रहरी टाेलीले बारा जितपुर सिमरा उपहमानगरपालिकाकाे वडा नं. -१८ निवासी २५ बर्षिय जनक प्रसाद घिमिरेलाई पक्राउ गरेकाे हाे । पक्राउ परेका घिमिरेकाे साथबाट नाईट्राभेट ट्याब्लेट ६६ पिस बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

तीनै जनालई लागु औषध सम्बन्धि कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...