Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

चार दिन पहिला पक्राउ परेकाे भारतिय ट्याक्टर छुटाउन बाग्रेनिङ

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुरले चार दिन पहिला पक्राउ गरेकाे अवैध सामग्री सहितकाे ट्याक्टर छुटाउन बार्ग्रेनिङ भइरहेकाे समाचार प्राप्त भएकाे छ । 

शुक्रबार पक्राउ गरिएकाे भन्सार छलिकाे कपडाकाे पाेका लगायतका सामग्री लाेड रहेकाे ट्याक्टर छुटाउन बाग्रेनिङ भइरहेकाे बुझिएकाे हाे । सामग्री पक्राउ परे कै दिन अथवा त्यसकाे भाेली पल्ट साे बारे प्रेस विज्ञप्ती मार्फत इमेलकाे माध्यमले सार्वजनिक गर्दै आएकाे जिल्ला प्रहरी कार्यालय पर्साले पनि हाल सम्म सार्वजनिक नगर्दा थप शंकाकाे विषय बनेकाे छ । 

प्रहरीले शुक्रबार विहान वीरगंजकाे ड्राइपाेर्टबाट भन्सार छलीकाे कपडा लगायतकाे सामग्री लाेड रहेकाे बि.आर.०५.जि सि0२१५ नम्बरकाे भारतिय ट्याक्टर पक्राउ गरेकाे थियाे । साे ट्याक्टर वडा प्रहरी कार्यालय श्रीपुर मै ल्याएर राखिएकाे थियाे । 

पक्राउ परेकाे भारतिय नम्बरकाे ट्याक्टर बारे शनिबार वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिलीराज सापकाेटासंग फाेनमा सम्पर्क गर्दा फाेन उठन सकेन । त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीलाई फाेन मार्फत सम्पर्क गर्दा बुझाएपछि एकैपटक सार्वजिक गर्ने गरेकाे भन्दै साे बारे वताएनन् । 

त्यसकाे दुई दिन पछि साेमबार पुन: साे बारे बुझ्न वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक सापकाेटालाई फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । त्यसपछि पुन: जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिरीलाई फाेनमा सम्पर्क गर्दा फाेन नलागेका कारण सम्पर्क हुन सकेन ।

अवैध सामानहरु पक्राउ परेकाे बारे पर्सा प्रहरीले चार दिन सम्म सार्वजिक नहुनु र साे बारे पत्रकारले बुझ्न चाहदा पनि वताउन नचाहने प्रहरीकाे कार्यशैली प्रति शंका उत्पन्न हुन थालेकाे छ । यस विषयमा सम्बन्धित निकायकाे ध्यान जान जरुरी देखिन्छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...