Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

आदर्शनगरस्थित पाथिभरा ट्रान्सपोर्टमा प्रहरीकाे छापा, ट्रान्सपाेर्ट सिल

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले वीरगंजकाे आदर्शनगरस्थित एक ट्रान्सपाेर्टकाे गाेदाममा छापामारी गरेकाे छ ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वकाे विशेष प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १० आदर्शनगरस्थित राजेश मल्लिकले संचालन गरेको श्री पाथिभरा ट्रान्सपोर्टमा छापामारी गरि अवैध रुपमा भन्सार छली ल्याइएकाे कपडाको पोका सहितका अन्य सामग्रीहरु बरामद गरेकाे छ ।

माघ १ गते आइतबार राती १:०० बजे आदर्शनगरस्थित उक्त ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएका सामानहरु लोड गरि लैजादै गरेका छन् भन्ने सुचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उक्त ट्रान्सपोर्टको गोदाममा चेकजांच गरि हेर्दा विलविजकबिनाका कपडाको पोका तथा अन्य शंकास्पद सामग्रीहरु बरामद भएकाे वडा प्रहरी कार्यालय विर्ताले जनाएकाे छ ।

रु ३ लाख भन्दा बढीकाे विल नभएकाे सामग्रीहरु र शंकास्पद बिलबिजक भएका हार्डवेयर, लत्ताकपडा तथा चकलेटका सामानहरु फेला परेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले जानकारी दिए । हाल उक्त ट्रान्सपाेर्ट सिल गरि थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक मल्लले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...