Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पर्सामा माघी (खिचडी) पर्व धुमधामकाे साथ मनाइयाे

spot_img
spot_img
वीरगंज । पर्सामा माघी( खिचडी) पर्व आइतबार धुमधामकाे साथ मनाइएकाे छ । पर्सा सदरमुकाम वीरगंजसहित विभिन्न स्थानमा विभिन्न कार्यक्रमकाे आयाेजना गरी माघी पर्व धुमधामकाे साथ मनाइएकाे हाे ।
 
वीरगंजकाे आदर्शनगरमा रहेको पुरानो बसपार्कमा थारु सम्बत २६४७ काे अवसरमा माघी महाेत्सव आयाेजना गरिएकाे थियाे । माघी (खिचडी) मुल समाराेह समितिकाे आयाेजनामा भएकाे महोत्सवमा विभिन्न सांस्कृतिक नृत्य र कला सस्कृति झल्कने घाटो नाच , सामाचकेवा, झम्टा, थारु पुर्बी नाच थारु कलाकारद्वारा कला प्रदर्शन गरिएकाे थियाे ।
 
हरेक वर्ष माघ १ गते वीरगंजकाे आदर्शनगरस्थित स्विमिङ्ग पुलमा थारु समुदायले एकल माघी (खिचडी) महोत्सव आयोजना गर्दै आएकोमा यसपालि भने आइतबार थारु समुदाय संगै मारवाडी, नेवारी, भोजपुरी र मैथीली समुदायले वीरगंजकाे पुरानाे बसपार्कस्थित एकै ठाउँमा खिचडी महोत्सव मनाएकाे हाे ।  महोत्सवमा थारु, मारवाडी, नेवार, भोजपु्री, मैथीली समुदायका खानाका परिकारहरुको स्टल पनि राखियो थियो ।
 
थारु समुदायको स्टलमा घोङगी, केकरा, माछा, परेवा, हास र कुखुराको मासुका परिकार राखिएको थियो भने भोजपुरी समुदायको स्टलमा तिल र भुजाको लड्डु, मैथीलीको स्टलमा खिंचडी र नेवार समुदायको स्टलमा यमरी लगायतका परिकार राखिएका थिए ।
 
त्यसैगरि सास्कृतिक झल्कने विभिन्न समुदायको पोशाक, घरमा प्रयोग हुने सामान, जिविकोपार्जनका साधनहरु प्रर्दशनीमा राखिएको थियो । त्यसैगरि महोत्सव स्थल मै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
 
समाजसेवी लक्ष्मी चौधरीको प्रमुख आतिथ्यता र राम सुन्दर चौधरीको सन्योजकत्वमा भएको कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, सदस्य केसि लामिछाने, प्रदेश महासचिव श्याम बन्जरा, समाजसेबि सुरेश रुङ्गटा, महिला नेतृ रम्भा मिश्रा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता, उपाध्यक्ष हरि गौतम लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रमकाे संचालन दिपेन्द्र चौधरी र बिजया ओझैयाले गरेका थिए ।
 

यसैगरी पर्साको जिराभवानी र पटेर्वासुगौली गाउँपालिकामा पनि आइतबार माघी (खिचडी) महोत्सव एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

जिराभवानी गाँउपालिकाको सहयोग र थारू संस्कृति तथा उत्थान मञ्च शंकरसरैयाको आयाेजनामा जिराभवानीमा गाउँपालिकाकाे वडा नं. ५ मा भएकाे माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा थारुको परम्परागत पहिरन, पौराणिक कालदेखि प्रयोग गर्दै आए बिभिन्न सामग्रीहरुको प्रदर्शन गरिएका थिए ।

यसका साथसाथै कार्यक्रममा थारु संस्कृति अन्तर्गत लोप हुँदै गएका झमटा, घाटो लगायतका गित प्रदर्शश गरिएकाे थियाे । कार्यक्रममा थारु समुदायका परिकार माछा, घोगी, हासको मासु, परेवाको मासु, केखडा (गगटा) लगायतका खानाका परिकारहरुले स्टल लगाईएका थिए ।

जिराभवानी गाउँपालिका वडा नं ५ को वडाध्यक्ष दारा सिंह राउत थारुको अध्यक्षता र प्रदेश सभा सदस्य शंकर चौधरीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष रामशरण खवास, महादेव महतो, सुरज राय थारु, राजेश्वर दास थारु लगायतको सहभागिता रहेका थिए । कार्यक्रम राष्ट्रिय थारु गायक खेम चौधरी, अन्जु कुस्मी, अस्मिता चौधरी प्रस्तुति दिएका थिए ।

यसैगरी पटेर्वा सुगौली गाँपालिका़मा पनि दोस्रो माघी खिचडी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिकाको सहयोग तथा माघी मूल समारोह समितिकाे आयोजनामा कार्यक्रम सम्पन्न भएका हाे ।

गाँउपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षता र नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, वडाध्यक्ष बिजय गैरे, बिपिन मुखिया, फरमान मियाँ, माधव राउत थारु, बासु पंजियार, परमेश्वर महतो, मचकेश गौरो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कलाकार बीर चौधरी, समु चौधरी, बिरु चौधरी, मुस्कान चौधरी र नेपाली निरहुवाले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...