Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

पाेखरियामा नेवि संघकाे समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकामा नेपाल विद्यार्थी (नेवि) संघकाे समिति गठन भएकाे छ । पोखरिया नगरपालिकाकाे वडा नम्बर ५ स्थित नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा भएकाे नेवि संघकाे भेलाले जय प्रकाश ठाकुर अध्यक्षतामा समिति गठन गरेकाे नेवि संघ पर्साका सचिव फिरोज अन्सारीले जानकारी दिए ।

नवगठित समितिकाे वरिष्ठ उपाध्यक्षमा बिकास यादव, उपाध्यक्षमा रुपेस चौहान, वरिष्ठ सचिव मनोहर साह, सचिव दिलिप रौनियार, सह सचिव दिनेस मण्डल, राकेस मिश्रा, मजबुल्लाह मिया तेलि, कोषाध्यक्ष रिना दास, सदस्य पानालाल महतो, दिनेश पासवान, प्रवेज आलम, सुरज पटेल लगायतका चयन भएकाे जिल्ला सचिव अन्सारीले वताए ।

नेबि संघ पर्साका अध्यक्ष रमेश यादवको सभापतित्व र पोखरिया नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता दिप नारायण प्रसाद रौनियारकाे प्रमुख आतिथ्यता भएकाे भेलामा नेपाली कांग्रेसका रिजवान अन्सारी, राजु गिरि, सुरेन्द्र सिंह लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...