Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा ७ दिने महिला प्राथमिक शिक्षा वर्ग सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्र सेविका नेपाल वीरगंजकाे आयोजनामा ७ दिने महिला प्राथमिक शिक्षा वर्ग प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । वीरगंजमा भएकाे प्रशिक्षण समापन कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले प्रशिक्षणमा सिकेका कुरा दैनिक जीवनमा प्रयोगमा ल्याउन आग्रह गरे ।

उनले महिला दिदी बहिनीलाई सक्षम बनाउन प्रशिक्षणले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै यस्तो प्रशिक्षणलाई निरन्तरता दिन आग्रह गरे । वीरगंजस्थित पशुपति शिक्षा मन्दिरमा गएको २३ गतेदेखि सुरु भई ७ दिनसम्म चलेको शिविरमा पर्सा, बारासहित विभिन्न जिल्लाबाट ६४ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको थियो ।

जसमा १३ वर्षकी किशोरी देखि ६७ वर्ष उमेरसम्मका महिलाले प्रशिक्षण लिएका छन् । प्रशिक्षार्थीहरुले परेड प्रदर्शन गर्नुका साथै योग तथा प्रणायाम अभ्यासहरु प्रस्तुत गरेका थिए ।

सहभागिहरुलाई आफ्नो सुरक्षाका साथै धार्मिक गतिबिधिका बारेमा प्रशिक्षण दिइएको वर्गाधिकारी शशिलता गिरीले जानकारी दिइन ।

राष्ट्र सेविका नेपालकी राष्ट्रिय सञ्चालिका शुभद्रा पौडेलको सभापतित्वमा सम्पन्न समापन समारोहमा विश्व हिन्दु परिषद नेपालका महासचिव प्रह्लाद रेग्मी, उद्योगी अशोक वैद्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेखा वर्णवालले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...