Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

मधेशका मुख्यमन्त्री यादवले भाेजपुरीमा लिए शपथ

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री यादवले मातृभाषा भोजपुरी भाषामा शपथ लिएका छन् । बाराकाे निर्वाचन क्षेत्र नं. १ काे (२) दाेस्राे पटक प्रदेश सभामा निर्वाचित यादव आफ्नाे दल जसपा, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीकाे समर्थनमा मुख्यमन्त्री भएका हुन् ।

यस अघिकाे कार्यकालमा उनी प्रदेश सभाका सभामुख थिए । 

शपथग्रहण समारोहमा जसपा अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय संसदीय दलका नेता रामसहाय प्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...