Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

प्रहरी श्रीमती संघद्वारा नि:शुल्क स्वास्थ्य शिविर र कम्बल वितरण

spot_img
spot_img

वीरगंज । बाराकाे महागढीमाई नगरपालिका वडा नं. ७ तेलकुवामा बिहिबार नि:शुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारहरुका लागि न्यानो कम्बल वितरण कार्यक्रम” सम्पन्न भएकाे छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना र मधेश प्रदेश प्रहरी अस्पताल, रूपनी, सप्तरी र बिरगंज हेल्थ केयर, पर्साको प्रविधिक सहयोगमा शिविर तथा कम्बल वितरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

शिविरमा मधेश प्रदेश प्रहरी अस्पताल रूपनी सप्तरीका प्राध्यापक प्रहरी उपरिक्षक डा. नविन कुमार चौधरी नेतृत्वकाे विशेषज्ञको टोली र बिरगंज हेल्थ केयर पर्साका डा. मनोज कुमार कुशवाहा समेतको १५ जना विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा ४३२ जना स्थानीय विपन्न वर्गलाई बाल रोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी लगायत विभिन्न रोगहरूको उपचार गरिएकाे थियाे ।

शिविरमा स्थानी औषधि निर्माताबाट प्राप्त रू.१ लाख ४२ हजार ५ सय बराबरको औषधी तथा मधेश प्रदेश प्रहरी अस्पतालबाट प्राप्त औषधिहरू नि:शुल्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

साेही कार्यक्रममा महागढीमाई नगरपालिका वडा नं.२ र ७ का २२३ जना विपन्न परिवारलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह लगायत अन्य सदस्यहरुले २/२ थान गरी जम्मा ४४६ थान न्यानो कम्बल वितरण गरेका थिए ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवकाे सभापतित्व र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाका प्रमुख प्रहरी नायब महानिरिक्षक मसाऊँद आलम खाँ खाँ लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...