Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

प्रहरी श्रीमती संघद्वारा नि:शुल्क स्वास्थ्य शिविर र कम्बल वितरण

spot_img
spot_img

वीरगंज । बाराकाे महागढीमाई नगरपालिका वडा नं. ७ तेलकुवामा बिहिबार नि:शुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारहरुका लागि न्यानो कम्बल वितरण कार्यक्रम” सम्पन्न भएकाे छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना र मधेश प्रदेश प्रहरी अस्पताल, रूपनी, सप्तरी र बिरगंज हेल्थ केयर, पर्साको प्रविधिक सहयोगमा शिविर तथा कम्बल वितरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

शिविरमा मधेश प्रदेश प्रहरी अस्पताल रूपनी सप्तरीका प्राध्यापक प्रहरी उपरिक्षक डा. नविन कुमार चौधरी नेतृत्वकाे विशेषज्ञको टोली र बिरगंज हेल्थ केयर पर्साका डा. मनोज कुमार कुशवाहा समेतको १५ जना विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा ४३२ जना स्थानीय विपन्न वर्गलाई बाल रोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी लगायत विभिन्न रोगहरूको उपचार गरिएकाे थियाे ।

शिविरमा स्थानी औषधि निर्माताबाट प्राप्त रू.१ लाख ४२ हजार ५ सय बराबरको औषधी तथा मधेश प्रदेश प्रहरी अस्पतालबाट प्राप्त औषधिहरू नि:शुल्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

साेही कार्यक्रममा महागढीमाई नगरपालिका वडा नं.२ र ७ का २२३ जना विपन्न परिवारलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह लगायत अन्य सदस्यहरुले २/२ थान गरी जम्मा ४४६ थान न्यानो कम्बल वितरण गरेका थिए ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवकाे सभापतित्व र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाका प्रमुख प्रहरी नायब महानिरिक्षक मसाऊँद आलम खाँ खाँ लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...